३० श्रावण २०८३, शनिबार | August 16, 2026

मतगणना अपडेट : कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ क्षेत्रमा अगाडि



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस तीन स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ ।

कांग्रेसले काठमाडौं १ सँगै हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ ।

मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गरेका २९ वर्षे उनी पर्यटन व्यवसायीसमेत हुन् । उनका बुबा पूर्वमन्त्री रोमी गौचनले पाएको टिकटबाट चुनाव लडेका हुन् ।

साथै, कांग्रेसले मनाङमा पनि जित हासिल गरेको छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य गुरुङ पूर्व राज्यमन्त्री हुन् । काठमाडौं १ बाट भने कांग्रेसका प्रकाशमान सिंहले जितेका छन् । उनी योसँगै चौथो पटक संसद प्रवेश गर्दैछन् ।

नेकपा एमालेले भने ललितपुरबाट जितको खाता खोलेको छ । ललितपुर क्षेत्र नं २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका हुन् । उनले १५ हजार २५ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस ३५ वटा स्थानमा अग्रता कायम गरेको छ भने नेकपा (एमाले) ३२ स्थानमा अग्रस्थानमा छ । साथै, नेकपा (माओवादी केन्द्र) ९ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ८ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ स्थानमा र अन्य १९ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रदेशसभा

मुस्ताङको दुवै प्रदेशसभामा कांग्रेस विजयी भएको छ । प्रदेशसभा १ मा नम्डू गुरुङ र प्रदेशसभा २ मा विकल शेरचन विजयी भएका हुन् ।

मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् भने प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसकेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म प्रदेशसभामा कांग्रेस ७ स्थानमा, एमाले ६ स्थानमा अग्रस्थानमा छन् । साथै राप्रपा २, नेकपा (एकीकृत समाजवादी) २ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ५९ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो