४ बैशाख २०८१, मंगलबार | April 17, 2024

बागलुङका सबै क्षेत्रमा गठबन्धनको अग्रता



बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा यहाँका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणामअनुसार बागलुङ–१ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले पाँच हजार सात सय ६८ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का सूर्यप्रसाद पाठकले पाँच हजार चार सय ४२ मतसहित केसीलाई पछ्याइ रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खीमानन्द कँडेलले तीन हजार ३६ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।

बागलुङ–२ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवेन्द्र पौडेलले आठ हजार आठ सय ५७ मतसहित अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका मञ्जु शर्मा चालिसेले छ हजार सात सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा सदस्यतर्फ बागलुङ–१ (१) मा नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रबहादुर थापाले सात हजार आठ सय ८१ मतसहित अघि छने भने उनलाई सात हजार एक सय १६ मतले एमालेका हिराबहादुर केसीले पछ्याइ रहेका छन् ।

बागलुङ–१ को (२) मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराम सुवेदीले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन्। एमालेका नवराज पौडेलले पाँच हजार एक सय २४ मत प्राप्त गरेका छन् । बागलुङ–२ (१) मा पनि गठबन्धनको अग्रता छ । कांग्रेसका जीतबहादुर शेरचनले नौ हजार चार सय ६२ मतसहित स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई पछि पारेका छन्। घर्तीले सात हजार छ सय ३० मत ल्याएका छन् ।

२ को ९२० मा कांग्रेसका दोर्ण कुँवर नौ हजार दुई सय ५५ मतसहित अघि हुनुहुन्छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मण पुनले छ हजार नौ सय सात मत प्राप्त गर्नुभएको छ । कूल एक लाख ९२ हजार दुई सय २७ मतदाता रहेको यस जिल्लामा एक लाख दुई हजार नौ सय ६३ मत खसेको थियो । मतगणना जारी छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ४७ बजे

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक

काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि