४ पुस २०८२, शुक्रबार | December 19, 2025

गण्डकीमा गणना सकिएका १५ क्षेत्रमा को-को भए विजयी !



पोखरा । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये हालसम्म १५ निर्वाचन क्षेत्रको टुंगो लागेको छ । अहिलेसम्मको नतिजा अनुसार कांग्रेस पहिलो, एमाले दोश्रो र माओवादी बराबर भएका छन् ।

कांग्रेसले हालसम्म १० सीट चुनाव जितेको छ भने एमालेले २ सीट तथा माओवादीले २ सीट (नेसपासहित) र बाँकी अर्को सीट स्वतन्त्रले जितेका छन् ।

कांग्रेसले बागलुङका ४ वटै निर्वाचन क्षेत्र, मुस्ताङका दुईवटै निर्वाचन क्षेत्र, गोरखाका २ वटा, तनहुँ र मनाङका १(१) क्षेत्रमा जित निकालेको छ । एमालेले कास्कीको एउटा र तनहुँको एउटा क्षेत्र जितेको छ । माओवादीले म्याग्दी र स्वतन्त्रले मनाङमा चुनाव जिते ।

गोरखा क्षेत्र नम्बर १ (ख) मा कांग्रेसका नन्द्र प्रसाद न्यौपाने, २ (ख) मा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । यस्तै, बागलुङ १ (क) मा दीपेन्द्रबहादुर थापा, १ (ख) मा डिल्लीराम सुवेदी, २ (क) मा जीत शेरचन र २ (ख) मा दोर्णकुमार कुवँर विजयी भएका छन् । मनाङ (क) मा मुनिन्द्रजंग गुरुङले चुनाव जित्दा मुस्ताङ (क) मा नम्डु गुरुङ र (ख) मा विकल शेरचनले जिते । यस्तै, तनहुँ २ (ख) मा कांग्रेसकै जीत प्रकाश आलेले चुनाव जिते ।

एमालेले तनहुँ २ (क) बाट श्यामराजा महत तथा कास्की २ (क) बाट भीम कार्कीले जितेका छन् ।

माओवादीका रेशम जुग्जालीले म्याग्दी (ख) बाट निर्वाचन जितेकाछन् । यस्तै, माओवादीकै चुनावचिन्हबाट गोरखा २ ((ख)बाट उठेका फणिन्द्र देवकोटा पनि विजयी भएका छन् ।

मनाङको (ख) बाट स्वतन्त्र उम्मेद्वारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका हुन् । अब गण्डकीमा २१ सीटको नतिजा आउन बाँकी छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ५६ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा