१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कुलेखानीमा जिप दुर्घटना : एकको मृत्यु, छ घाइते



हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डको इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा आज दिउँसो २ः४५ बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना१ज ४४४६ नं को सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीले दिएको जानकारीअनुसार चालकसहित सात जना यात्रा गरेकामा घाइते छ जनाको उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको र गम्भीर पाँचको थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

सुमो चालकको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ५९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग