२० मंसिर २०८२, शनिबार | December 6, 2025

निर्वाचन नतिजा सार्वजनिक हुँदैगर्दा ओली र प्रचण्डबीच फोन संवाद



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् ।

निर्वाचनअघि एकअर्कालाई कटु आलोचना गर्दै आएका दुई अध्यक्षबीच निर्वाचनको नतिजा सार्वजनिक भैरहेको बीचमै फोन संवाद भएको हो । सो संवादमा दुवै अध्यक्षले एकअर्कालाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा बधाई दिँदै सफल कार्यकालको शुभकामना साटेका छन् ।

ओली झापा ५ बाट निर्वाचित भएका छन् भने प्रचण्ड गोरखा क्षेत्र नं २ बाट निर्वाचित भएका छन्।

बधाई तथा शुभकामना दिन पुगेका माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले टेलिफोन गरेर बधाई दिएको जानकारी दिएका थिए ।

अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार उनीहरुबीच एकअर्कालाई निर्वाचित भएकामा बधाई आदानप्रदान गरेका थिए । त्यसअवसरमा निर्वाचनको नतिजा र नयाँ परिस्थितिबारे सामान्य छलफल भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : २६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय