२१ भदौ २०८३, आइतबार | September 6, 2026

रुपन्देही-२ मा सहमति जुटेन, बिहान ५ बजेदेखि रोकिएको मतगणना अझै सुचारु हुन सकेन (फोटोफिचर)



बुटवल । बिहान ५ः३० बजे देखि विवादका कारण रोकिएको रुपन्देही २ को मतगणना अझै शुरु हुन सकेको छैन । मतपेटिका बन्द गर्दा बनाइएको मुचुल्का र कम्प्युटरमा इन्ट्रि गर्दा मतपत्रको संख्या फरक परेपछि रोकिएको मतगणना यो समाचार तयार पार्दा सम्म शुरु हुन सकेको छैन ।

एमाले उपाध्यक्ष विष्णु पौडेललाई मतगणनामा पछ्याइरहेका रास्वपाका उम्मेदवार गणेश पौडेलका मतगणना प्रतिसनधि सहित सत्ता गठबन्धन र अन्य दलका प्रतिनिधिहरुले मतगणना स्थगित गर्न र पुनः मतदान गर्न माग गर्दै विरोध प्रदर्शनमा उत्रिएपछि मतगणनास्थलमा सुरक्षा तैनाथी बढाइएको छ ।

मतगणनास्थल बुटवल उपमहानगरपालिका भवन बाहिर रास्वपाका समर्थकहरुले नाराबाजी गरिरहेका छन् । यस अघि सत्ता गठबन्धनमा आवद्ध दल र रास्वपा र अन्य साना दलहरुले निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउँदै विवादमा परेको बुथमा पुनः मतदानको माग गरेका थिए ।

आयोगले भने रिट पु¥र्याएर मतगणना शुचारु गर्न निर्वाचन अधिकृत कार्यालयलाई निर्देशन दिइसकेको छ । निर्वाचन कार्यालयले ४ः३० बजे भित्र सर्वदलीय बैठमा सहभागी हुन दलहरुको नाममा सूचना जारी गरेको छ । नियमानुसार रिट पुरा गरि मतगणना शुरु गरिने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए । निर्वाचन कार्यालयले भुलबस कम्प्युटरमा फरक तथ्याँक प्रविष्ट भएपनि मुचुल्का बमोजिम नै महिला पुरुष मतदाता भिडेको भन्दै सहमतिमा आउन दलहरुलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ४ : ३४ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका