३ असार २०८३, बुधबार | June 17, 2026

संवाद र सहमति खोजेर अघि बढौं : एमाले उपाध्यक्ष पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य विष्णु प्रसाद पौडेलले संवाद र सहमतीमा अघि बढ्न दलहरुलाई आग्रह गरेका छन् ।

साझा आवश्यकताहरुलाई पहिचान गरी दलहरु अघि बढ्न आह्वान गरेका छन् । विवाद र दुरी खोजेर नभई संवाद र सहमती खोजेर अघि बढ्नु पर्ने आवश्यकता अौल्याएका छन् ।

मंसिर-४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको अन्तिम मत परिणामपछि निर्वाचित भएको प्रमाणपत्र बुझे लगत्तै बुटवल नगर परिक्रमापछि आयोजित कोणसभामा बोल्दै पौडेलले सबै दल मिलेर साझा अवधारणाकासाथ अघि बढ्नु पर्ने बताए ।

मतदाता तथा निरवाचनमा सहभागी सबै दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई समेत धन्यवादसहित आभार व्यक्त गर्दै आफूले सबैलाई समेटेर अघि बढ्नेप्रतिवद्धता व्यक्त गरेका छन् ।

जनताको सम्मान र स्वाभिमानमा आच आउन नदिने गरि नेकपा एमालेले जनाएका चुनाबी प्रतिवद्धताहरु पूरा गर्ने पौडेलले प्रतिवद्धता गरे । रुपन्देहीमा निर्माणाधिन आयोजनाहरुको प्रभावकारी कार्यान्वयनका जोड दिँदै जनअपेक्षा अनुसार अघि बढ्ने उल्लेख गरे ।

सोही कार्यक्रममा बोल्दै रुपन्देही-२(१) बाट प्रदेशसभाका लागि निर्वाचित एमाले नेता लिला गीरीले  सामुहिक भावनालाई समेट्नेगरी अघि बढ्ने उल्लेख गरे । यसैगरी प्रदेशसभा तर्फ रुपन्देही-२ (२) बाट निर्वाचित भोजप्रसाद श्रेष्ठले सुशासन र भ्रषटाचारमा शून्य सहनशिलता अपनाएर जनताको सेवामाअघि बढ्ने उल्लेख गरे ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : ५० बजे

विपक्षी दलले उठाए सभामुख अर्यालमाथि प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन

नेपाल टेलिभिजनको समान खरिद प्रकरण : चार सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था

खुकुरी देखाएर युवतीलाई यातना दिने युवक लागुऔषधसहित पक्राउ

दाङ । खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा