३० भदौ २०८३, मंगलबार | September 16, 2026

मोरक्कोसँग बेल्जियम २–० ले पराजित



दोहा । विश्व वरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २–० गोलले पराजित भएको छ । अल थुमामा रंगशालामा सम्पन्न खेलमा आफूभन्दा २० बरियता तलको मोरक्कोसँग बेल्जियम पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमाञ्चक खेलमा बेल्जियमले पाएको अवसर सदुपयोग गर्न नसक्दा हारबाट जोगिनसकेन ।

निर्धारित ९० मिनेटसम्म लगातार सिर्जना गरेका मौकाको सदुपयोग गर्न नसक्दा बेल्जियम दुर्भाग्यशाली साबित भयो । बेल्जियमले गरेका १० प्रहार मोरक्कोले विफल बनाएको थियो ।

इन्जुरी समयमा अगाडि बढेर आक्रामक बनेको बेल्जियमको रक्षापंक्ति खुकुलो भएको थियो । बेल्जियमको सोही कमजोरीको फाइदा उठाउँदै मोरक्कोले काउन्टर अट्याकमा दोस्रो गोल गर्‍यो ।

हाकिम जिचचले दायाँतर्फबाट दिएको क्रसमा शकारिया अब्दुखलाले सुन्दर गोल गर्दै मोरक्कोको जित दिलाए ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : १३ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज