१९ बैशाख २०८१, बुधबार | May 2, 2024

स्याङ्जा र बाजुराको मतगणनाको माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण



काठमाडौं । नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको मतगणना सुचारु गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्चाचन भएको थियो । उक्त निर्वाचनको स्याङ्जा २ र बाजुराको मतगणना कार्य रोकिएको छ । जसको तत्काल सुचारु गर्न कांग्रेसले आयोगको ध्यानाकर्षण गराएको हो । उपसभापति धनराज गुरुङ, नेता रामचन्द्र पौडेलले निर्वाचन आयोगका आयुक्तहरुलाई भेटेर रोकिएको मतगणना पुनः सुरु गर्न ध्यानाकर्षण गराएका हुन् ।

पार्टीको तर्फबाट स्याङ्जा र बाजुराको रोकिएको मतगणना सुरु गर्न आयोगका पाँचैजना आयुक्तलाई भेटेर ध्यानाकर्षण गराएको  उपसभापति गुरुङले जानकारी दिए ।

‘म उम्मेदवार भएर मात्र होइन पार्टीकै तर्फबाट रोकिएको मतगणना सुरु गर्न आयोगका पाँचजना आयुक्तलाई भेटेर ध्यानाकर्षण गराएका छौँ,’ उनले भने ।

मतदाता नामावलीमा भएका व्यक्तिले नै मतदान गरेको र बिना कारण रोकिएको मतगणना सुरु गर्नुपर्ने नेता रामचन्द्र पौडेलको माग छ ।

‘मतदाता नामावलीमा नाम भएकै व्यक्तिले मतदान गरेका छन्,’ उनले भने, ‘मतगणना रोक्नु हुँदैन । यसकारण स्याङ्जा र बाजुराको रोकिएको मतगणना अविलम्ब सुरु गर्नुपर्छ । हामीले आयोगको ध्यानाकर्षण गराएका छौँ ।’

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ र एमालेकी पद्मा आर्यालयबीच कडा प्रतिस्पर्धा छ भने बाजुरामा कांग्रेसका बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ३ : ३५ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी