३ पुस २०८२, बिहिबार | December 18, 2025

धनगढी तनाबग्रस्त, विद्यार्थी प्रदर्शनमाथि प्रहरी हस्तक्षेप



धनगढी । धनगढीमा ग्रेडरले कुल्चिएर बिहीबार पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भयो। धनगढी–५ तारानगरकी साउद बिहीबार बिहान विद्यालय आउँदै गरेकी थिइन्। सोही बाटोमा हसनपुरको पिपलचौतारा नजिक ना१क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडर लेबल मिलाउँदै थियो।

ब्याक गर्ने क्रममा साइकलमा सवार साउद ग्रेडरमा ठोक्किन पुगिन्। ग्रेडरको स्पिड धेरै हुँदैन। तर, ग्रेड चालकले कुल्चिएर चेतनाको ज्यान लिए। कुनै गल्तीबिना आफ्नो साथी गुमाउनु परेपछि पञ्चोदयका विद्यार्थी आन्दोलित बने। दोषीलाई कडा कारबाहीको माग गर्दै सडकमै टायर बालेर प्रदर्शन गर्नथाले। दिनभर डिभोटी पिपलचौतारा सडक रणमैदान जस्तै बन्यो।

प्रहरीले विद्यार्थीहरूमाथि बिहीबार दिनभरजसो बल प्रयोग गरिरह्यो। सरोकारवाला निकाय पनि खासै जिम्मेवार देखिएनन्। जसले गर्दा विद्यार्थीहरूको कलिलो बालमनोविज्ञान थप आक्रोशित बन्न पुग्यो। न्याय दिन माहोल शान्त पार्नुपर्नेमा आफ्नै उमेर नपुगेका साना साथीहरू गिरफ्तार हुन थालेपछि विद्यार्थीहरू थप आक्रोशित बने।

माहोल अनियन्त्रण बाहिर जाने देखेपछि कैलाली जिल्ला प्रकाशनले बिहीबार साँझदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेध आदेश जारी गर्‍यो। तर, विद्यार्थीको आक्रोशलाई प्रशासनले सम्बोधन गर्न सकेन। त्यसैले उनीहरू निषेध आदेशको अवेज्ञा गर्दै पुनः शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिए। बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकोमा यतिवेला विद्यार्थीहरू निषेधाज्ञा आदेश तोड्दै प्रदर्शन गरिरहेका छन्। र, उनीहरूमाथि पुनः प्रहरी दमन सुरु भएको छ।

प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क ९पुष्पलाल चोक०, पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी–१ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। विद्यार्थीहरुले डिभोटी चोकमा आन्दोलन गरिरहेका हुन्।

प्रहरीले विद्यार्थीहरूलाई गिरफ्तार गर्नुका साथै लगाएको लुगा नै च्यातिनेगरी बल प्रयोग गरेकोमा चौतर्फी विरोध भइरहेको छ। सामाजिक सञ्जालमा त झनै प्रहरी दमनको चर्को आलोचना भइरहेको छ। यसले प्रहरी मेरो साथी भन्ने नारालाई कलिला विद्यार्थीहरूले कसरी बुझ्ने र उनीहरूको मानसपटलमा कस्तो प्रभाव पार्ला भन्दै सामाजिक सञ्जालमा प्रश्नसमेत उठेको छ।

धनगढीकै विद्यार्थी जमुना साउदले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन्। शान्तिपूर्ण रूपमा मृतक बालिकाको न्यायका लागि आन्दोलनरत विद्यार्थीको आन्दोलनरतमा प्रहरी दमन निन्दनीय भएको भन्दै उनले दुःख व्यक्त गरेकी छन्। ‘स्कुले बालबालिकालाई कुट्दै, पिट्दै, घिसार्दै गिरफ्तार गर्ने कार्यको घोर बिरोध गर्दछौं,’ उनले भनेकी छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १२ : १२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको