१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

तुलसालयद्वारा निःशुल्क आँखा उपचार शिविर आयोजना



ललितपुर । तिलगङ्गा आँखा अस्पतालको सहयोगमा तुलसादेवी हरिहर फाउन्डेसनद्वारा आज आयोजित निःशुल्क आँखा शिविरबाट दुई सय भन्दा बढी नागरिक लाभान्वित भएका छन् ।

ललितपुर महानगरपालिका वडा नं २५ स्थित जन उदय माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको शिविरमा तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालन गरिएको तुलसालय अनाथ आश्रममा आश्रित बालबिालका, ज्येष्ठ नागरिक तथा मानसिक रोग भएकाहरुका साथै अन्य स्थानीय नागरिकहरु पनि लाभान्वित भएका थिए ।

तिलगङ्गा आँखा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरु सरोज देवकोटा, नरुदेव भण्डारी, मनिषा प्रजापतिलगायत दश जनाको समूहले आँखाको जाँच गरेको थियो ।

सो शिविरमा एक वर्षको बच्चादेखि ८८ वर्षका ज्येष्ठ नागरिकसम्मले सेवा पाएका र सो शिविरमा आएकामध्ये मोतियाबिन्दु भएका पाँच र आँखामा मासु पलाएका चार जनालाई थप उपचारका लागि अस्पताल बोलाइएको र उनीहरुको शल्यक्रिया अस्पतालले निःशुल्क गरिदिने अस्पतालले जनाएको छ ।

ललितपुरको नख्खुडोलमा अवस्थित तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालित तुलसालय आश्रममा बालबालिका, ज्येष्ठ नागरिक तथा मानसिक रोग भएकासमेत गरेर ४३ जना  आश्रित रहेका छन् ।

सो शिविरमा उक्त फाउन्डेसनकी अध्यक्ष सरु सुवेदी, स्थानीय समाजसेवी राजकुमार थापा र ललितपुर महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष दौलत कुमार खत्रीले आँखाको उपचारजस्तो संवेदनशील र पुण्य कर्ममा सहयोग पुर्याएकामा तिलगङ्गा आँखा अस्पताललाई धन्यवाद ज्ञापन गरेका थिए । – रासस

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ७ : ०६ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग