३१ श्रावण २०८३, आइतबार | August 16, 2026

तुलसालयद्वारा निःशुल्क आँखा उपचार शिविर आयोजना



ललितपुर । तिलगङ्गा आँखा अस्पतालको सहयोगमा तुलसादेवी हरिहर फाउन्डेसनद्वारा आज आयोजित निःशुल्क आँखा शिविरबाट दुई सय भन्दा बढी नागरिक लाभान्वित भएका छन् ।

ललितपुर महानगरपालिका वडा नं २५ स्थित जन उदय माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको शिविरमा तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालन गरिएको तुलसालय अनाथ आश्रममा आश्रित बालबिालका, ज्येष्ठ नागरिक तथा मानसिक रोग भएकाहरुका साथै अन्य स्थानीय नागरिकहरु पनि लाभान्वित भएका थिए ।

तिलगङ्गा आँखा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरु सरोज देवकोटा, नरुदेव भण्डारी, मनिषा प्रजापतिलगायत दश जनाको समूहले आँखाको जाँच गरेको थियो ।

सो शिविरमा एक वर्षको बच्चादेखि ८८ वर्षका ज्येष्ठ नागरिकसम्मले सेवा पाएका र सो शिविरमा आएकामध्ये मोतियाबिन्दु भएका पाँच र आँखामा मासु पलाएका चार जनालाई थप उपचारका लागि अस्पताल बोलाइएको र उनीहरुको शल्यक्रिया अस्पतालले निःशुल्क गरिदिने अस्पतालले जनाएको छ ।

ललितपुरको नख्खुडोलमा अवस्थित तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालित तुलसालय आश्रममा बालबालिका, ज्येष्ठ नागरिक तथा मानसिक रोग भएकासमेत गरेर ४३ जना  आश्रित रहेका छन् ।

सो शिविरमा उक्त फाउन्डेसनकी अध्यक्ष सरु सुवेदी, स्थानीय समाजसेवी राजकुमार थापा र ललितपुर महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष दौलत कुमार खत्रीले आँखाको उपचारजस्तो संवेदनशील र पुण्य कर्ममा सहयोग पुर्याएकामा तिलगङ्गा आँखा अस्पताललाई धन्यवाद ज्ञापन गरेका थिए । – रासस

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ७ : ०६ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको

सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन

जाजरकोट पहिरो अपडेड : एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली । अविरल वर्षापछि भेरी नगरपालिका-२ जाजरकोट रिसाङमा पहिरोमा परी

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन उर्जा जानकारहरुको सुझाव

काठमाडौं । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई