२ पुस २०८२, बुधबार | December 18, 2025

कृषि वन विश्वविद्यालयका विद्यार्थीले टाँसे पदाधिकारी हराएको सूचना



चितवन । चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी आन्दोलित बनेका छन् । आन्दोलित विद्यार्थीले आज पदाधिकारी हराएको भन्दै विभिन्न स्थानमा सूचना टाँसेका छन् ।

विभिन्न माग राख्दै एक सातादेखि आन्दोलन गर्दै आएको संयुक्त विद्यार्थी संगठनले विश्वविद्यालयका पदाधिकारी हराएको भन्दै सूचना टाँस गरेको हो ।

विगत ८ दिनदेखि आन्दोलन गर्दै आएका विद्यार्थीहरूले भरतपुरको मुख्य मुख्य ठाउँहरू पोखरा बसपार्क, पुल्चोक, शहिदचोक, लायन्स चोक, वीरेन्द्र क्याम्पस, चौबसीकोटी, सप्तगण्डकी, हाकिमचोक, पारस बसपार्क लगायत क्षेत्रमा ‘पदाधिकारी हराएको’ सूचनासहितको पोष्टर टाँस गरेका हुन् ।

विश्वविद्यालयका पदाधिकारीले आफूहरूको आवाज नसुनेको भन्दै छैटौं दिन सिट्टी फुकेर विरोध गरेका विद्यार्थीले सातौं दिन एसएमएस गरेर खोज्ने प्रयास गरेका थिए । त्यसपछि पदाधिकारी सम्पर्कमा नआएको भन्दै आठौं दिन पदाधिकारी हराएको सूचनासहितको पोष्टर ठाउँ(ठाउँमा टाँस गरिएको अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले बताए ।

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु (छैटौं)ले संयुक्त रूपमा आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ३१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल