१७ असार २०८३, बुधबार | July 1, 2026

खचाखच भरिएको बसमा बम विस्फोट, ७ जनाको मृत्यु



काबुल । उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो सहरमा खचाखच भरिएको बसमा काम गर्न जाँदै गरेका पेट्रोलियम कम्पनीका सात कर्मचारीको सडक किनारमा भएको बम विस्फोटमा मृत्यु भएको छ ।

गत वर्षको अगस्टमा सत्तापलटपछि तालिबानले राष्ट्रिय सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ दर्जनौं बम विस्फोट र आक्रमणहरू भएका छन् । तीमध्ये धेरै आक्रमण इस्लामिक स्टेट समूहको स्थानीय शाखाले दावी गरेको छ ।

सुन्दर निलो मस्जिदका लागि प्रसिद्ध प्राचीन सहर मजार ए शरिफमा सो हमला भएको थियो । ‘मैले मेरो फोनको स्क्रिनमा कुरान पढिरहेको थिएँ र त्यहाँ बम आयो’, दुर्घटनामा बाँचेका अजिम नाम गरेका एक व्यक्तिले भने । उनको दाहिने खुट्टा छर्राले चोट लागेको थियो । दुर्घटनाको समयमा बसमा ५२ जना मानिस थिए ।

‘बम सडकको छेउमा एउटा गाडीमा राखिएको थियो । बस आइपुग्दा विस्फोट गराइएको थियो’,  उनले भने । आक्रमणको कुनै समूहले जिम्मा लिएको छैन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : ५८ बजे

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो