८ बैशाख २०८३, मंगलबार | April 22, 2026

अफगानिस्तानमा सत्तापलटपछि तालिबानले दियो पहिलो मृत्युदण्ड



काठमाडौं । तालिबानले गत अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेपछि पहिलो पटक मृत्युदण्ड दिएको छ ।

ताजमिर नाम गरेका एक व्यक्तिले  आफूले हत्या गरेको स्वीकार गरेपछि उनलाई  दक्षिणपश्चिमी फराह प्रान्तको एक स्टेडियममा मृत्युदण्ड दिइएको तालिबानका प्रवक्ताले बताए । तालिबान सरकारका अधिकांश शीर्ष मन्त्रीहरू सहित समूहका दर्जनौं नेताहरू फाँसीमा सहभागी भएका थिए । न्यायाधीहरुलाई शरिया कानूनलाई पूर्ण रूपमा लागू गर्न निर्देशन दिइएको केही हप्तापछि यो आदेश आएको हो ।

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले गत महिना उक्त आदेश जारी गर्दै न्यायाधीशहरूलाई सार्वजनिक मृत्युदण्ड, सार्वजनिक अंगविच्छेदन र ढुङ्गाले हानेर सजाय तोक्न आदेश दिएका थिए । यद्यपि, तालिबानले आधिकारिक रूपमा वास्तविक  अपराध र सम्बन्धित सजायहरू परिभाषित गरेका छैनन् ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार मृत्युदण्डमा सर्वोच्च अदालतका न्यायाधीशहरू, सेनाका कर्मचारीहरू र वरिष्ठ मन्त्रीहरू पनि सहभागी थिए ।

तालिबानले इस्लामिक कानूनको कडा व्याख्याको जिम्मा पाएका मोहम्मद खालिद हनाफी पनि उपस्थित थिए । तर, प्रधानमन्त्री हसन अखुन्द भने उपस्थित नभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ९ : २० बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति