२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनमा सहयोग गर्न मुख्यमन्त्री केसीको आग्रह



भालुबाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका आग्रह गरेका छन् । उनले प्रदेशसभाले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि सहयोग गर्न सबै पक्षसँग अपिल गरेका हुन् ।

“वि.स २०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको प्रदेशसभाले बहुमतका साथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई तोकेको थियो । अहिले त्यसलाई कार्यान्वयमात्रै गरेको हो, हाल सरकारले निर्णयलाई अक्षरसः पालना मात्रै गरेको हो ।”मुख्यमन्त्री केसीले भनेका छन् ।

उनले लुम्बिनी प्रदेशको मुकाम र नामकरणका विषयमा सबै जिम्मेबार भएर कार्यन्वय गरी समग्र प्रदेशको हितमा काम गर्न सबै राजनीतिक दल, जनप्रतिनिधी, सरोकारवाला लाग्नका लागि अनुरोध गरे ।

केसीले आफ्नो कार्यकालमा प्रदेश राजधानी कार्यान्वयनलाई एउटा गौरवको आयोजनाको रुपमा अगाडि बढाएको पनि दाबी गरे । उनले प्रदेशको राजनीनी नेपालको सबैभन्दा नमूना योग्य बनाउने प्रतिवद्धता व्यक्त गर्दै लुम्बिनी प्रदेशको राजाधानी देउखुरीबाट सरकार र सदन एउटै कमाण्डबाट सञ्चालन हुने बताए।

प्रदेशसभा सदस्यबाट त्यसबेला प्रदेश सभाका ८२ सांसदमध्ये नेपाली कांग्रेसका जम्मा १३ जना सांसदले मात्र दाङको विपक्षमा मदतान गरेका थिए। नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को बाम गठबन्धनका ७४ सांसदले पक्षमा मतदान गरेका थिए । कांग्रेसले बुटवलकै पक्षमा लगाएको ह्वीपबिरुद्ध दाङका चार कांग्रेसी सांसदले पनि पक्षमा मतदान गरेका थिए ।

मुख्यमन्त्री केसीले राजधानी सारेको भनेर प्रदेशबासी जनताको मनो विज्ञानमा विभाजन ल्याउनु भन्दा पनि त्यसलाई कार्यन्वय गरेको भनेर बुझ्न पनि आग्रह गरे ।

 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १० : ०७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले