३० बैशाख २०८१, आइतबार | May 12, 2024

चोलेन्द्रलाई ‘क्लिनचिट’ दिने संसदका महासचिवको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निस्प्रभावी बनाउने संसद सचिवालयका महासचिवले लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी संसदका महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

इजलासले संसद सचिवालयका महासचिवलाई यसरी पत्र लेख्ने अधिकार नभएको जिकिर गरेको छ । आदेशसँगै सर्वोच्च फर्किने जबराको चाहना समाप्त भएको छ । जबराको यही मंसिर कार्यकाल समाप्त हुन्छ ।

संसदका महासचिव गौतमले महाअभियोग निस्प्रभावि भएको दाबी गर्दै जबराको निलम्बन पनि निस्प्रभावी भएको पत्र सर्वोच्च अदालतमा पठाएपछि विवाद भएको थियो । त्यसलगत्तै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका कानूनव्यवसायीहरुले संसदका महासचिवलाई त्यस्तो पत्र लेख्ने कानूनी अधिकार नभएको जिकिर गर्दै बुधरबार रिट दायर गरेका थिए । सो सिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा आज सुनुवाइ भएको हो । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको इजलसामा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ४ : ४१ बजे

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट

मङ्गलबारसम्म संसद्को गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै

मधेश सरकारबाट एमाले पनि बाहिरियो

धनुषा । नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट

छ दशकदेखि एउटै कुर्चीमा बसेर ज्ञान बाँड्दै लालचन्द्र

बागलुङ । तपाईँलाई आज हामी कम्तिमा ६० वर्ष पुरानो किताब

राष्ट्र बैंक रिपोर्ट : महंगी घट्यो

काठमाडौं । चैत्र महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र