३ पुस २०८२, बिहिबार | December 19, 2025

रातारात सारिएको प्रदेश राजधानीमा मुख्यमन्त्रीले देखे असुरक्षा, मुख्यमन्त्री र मन्त्रीहरुको सुरक्षा गर्न सुरक्षा निकायलाई निर्देशन



भालुवाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको राजधानी सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । प्रदेश राजधानी भालुवाङमा बसेको सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले राजधानीको सुरक्षामा ध्यान दिन निर्देशन दिएका हुन् ।

संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले राजधानी तत्काल सार्न नदिने घोषणा गरिरहेकै बेला मुख्यमन्त्री केसीले सुरक्षा निकायलाई राजधानी सुरक्षाका लागि निर्देशन दिएका छन् ।

उनले लुम्बिनी प्रदेशको राजधानी सुरक्षाको दृष्टिले निकै सम्वेदनशील भएको बताउँदै राजधानी सुरक्षाका लागि सिसी क्यामरा जडान, ट्राफिक कार्यालयको व्यवस्था, मन्त्रालयको सुरक्षा लगायत र मुख्यमन्त्री एवं मन्त्रीहरुको सुरक्षा लगायतको विषयमा व्यवस्था मिलाउनको लागि निर्देशन दिए ।

मुख्यमन्त्री केसीले यो राजधानी कार्यन्वयको लागि सबै सुरक्षा निकायले आफ्नो आफ्नो टिमबाट अगाडि बढाउनु पर्ने पनि बताए ।

बैठकमा आन्तरिक मामिला, कानून एवं सञ्चार मन्त्री तिलकराम शर्माले सुरक्षा निकायको समन्वय गरी अगाडि बढाउनको लागि नै मन्त्रालयले तयारी गरेको जनाए ।

सुरक्षा समितिको बैठकले तत्कालको लागि सवारी साधानको गति व्यवस्थापन, झण्डा उत्तोलनका लागि सुरक्षा तथा कार्यक्रमको व्यवस्थान मिलाउने पनि निर्णय गरेको छ । बैठकमा नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआइजी नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी वलका विन्धवासी मुख्यालयको राजसिंह दल गण दाङका गणपति रविन्द्र महर्जन, आन्तरिक मामिला तथा कानून सञ्चार मन्त्रालयका उपसचिव यमबहादुर कुवर लगायतको सहभागीता भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ३२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको