१७ असार २०८३, बुधबार | July 1, 2026

बंगलादेशमा शेख हसिना नेतृत्वको सरकारविरुद्ध विपक्षीको वृहत प्रदर्शन



ढाका । बंगलादेशमा सरकारविरोध व्यापक प्रदर्शन भएको छ । प्रमुख विपक्षी दलका झण्डै एक लाख समर्थक प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध राजधानी ढाकामा उत्रिए । उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै नयाँ निर्वाचनको माग गरे । उनीहरूले ‘शेख हसिना भोट चोर हुन’ भन्ने नारा लगाएका थिए ।

कार्यक्रममा सबै सात विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सांसदहरूले संसदबाट राजीनामाको घोषणा गरे, जसले व्यवस्थापिकालाई रबर स्ट्याम्प बनाउनेछ ।  हसिनाको पार्टीले पहिले नै दुई तिहाइ भन्दा बढी बहुमत पाएको थियो ।  पश्चिमा सरकार र संयुक्त राष्ट्र संघले बंगलादेशको राजनीतिक वातावरणमा चिन्ता व्यक्त गरेका छन् ।

बंगलादेश एसियामा सबभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र मध्ये एक हो । तर, युक्रेन युद्धले सरकारलाई ग्यास र डिजेल आयात रोक्न बाध्य तुल्याएको छ भने बिजुली कटौती र इन्धनको मूल्यवृद्धिले हालका महिनाहरूमा प्रदर्शनहरू सुरु भएका छन् ।

बंगलादेशी मुद्रा टाकाको मूल्य २५ प्रतिशतले गिरावट आएको छ, जसका कारण खाद्यान्नको आयातको लागत बढाउँदै  गरिब तथा न्यून मध्यम वर्गीयलाई प्रभावित गरेको छ ।

बंगलादेशको आधा दर्जन टेलिभिजन न्युज च्यानलमध्ये कुनै पनि च्याननले प्रदर्शनको लाइभ प्रसारण गरेनन् । अधिकारीहरुले प्रसारण नगर्न दबाब दिएको आशंका बढेको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ६ : ४८ बजे

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)