२९ मंसिर २०८२, सोमबार | December 16, 2025

बंगलादेशमा शेख हसिना नेतृत्वको सरकारविरुद्ध विपक्षीको वृहत प्रदर्शन



ढाका । बंगलादेशमा सरकारविरोध व्यापक प्रदर्शन भएको छ । प्रमुख विपक्षी दलका झण्डै एक लाख समर्थक प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्ध राजधानी ढाकामा उत्रिए । उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्नुका साथै नयाँ निर्वाचनको माग गरे । उनीहरूले ‘शेख हसिना भोट चोर हुन’ भन्ने नारा लगाएका थिए ।

कार्यक्रममा सबै सात विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सांसदहरूले संसदबाट राजीनामाको घोषणा गरे, जसले व्यवस्थापिकालाई रबर स्ट्याम्प बनाउनेछ ।  हसिनाको पार्टीले पहिले नै दुई तिहाइ भन्दा बढी बहुमत पाएको थियो ।  पश्चिमा सरकार र संयुक्त राष्ट्र संघले बंगलादेशको राजनीतिक वातावरणमा चिन्ता व्यक्त गरेका छन् ।

बंगलादेश एसियामा सबभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र मध्ये एक हो । तर, युक्रेन युद्धले सरकारलाई ग्यास र डिजेल आयात रोक्न बाध्य तुल्याएको छ भने बिजुली कटौती र इन्धनको मूल्यवृद्धिले हालका महिनाहरूमा प्रदर्शनहरू सुरु भएका छन् ।

बंगलादेशी मुद्रा टाकाको मूल्य २५ प्रतिशतले गिरावट आएको छ, जसका कारण खाद्यान्नको आयातको लागत बढाउँदै  गरिब तथा न्यून मध्यम वर्गीयलाई प्रभावित गरेको छ ।

बंगलादेशको आधा दर्जन टेलिभिजन न्युज च्यानलमध्ये कुनै पनि च्याननले प्रदर्शनको लाइभ प्रसारण गरेनन् । अधिकारीहरुले प्रसारण नगर्न दबाब दिएको आशंका बढेको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ६ : ४८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको