१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गण्डकीमा समानुपातिक सांसद : बागलुङबाट मात्रै ७ जना; मनाङ, मुस्ताङ र तनहुँ निल



पोखरा । गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ । दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन् । निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ । दलहरुले पठाएका नामहरु हेर्दा समानुपातिक सांसदको बाँडफाँट जिल्लागत रुपमा समानुपातिक देखिएको छैन ।

११ जिल्ला रहेको गण्डकीका तीन जिल्लाले समानुपातिक सांसद पाएनन् । मनाङ, मुस्ताङ र तनहुँबाट समानुपातिक कुनै सांसद हुने छैनन् । सबैभन्दा बढी सांसद बागलुङले पाएको छ । बागलुङबाट मात्रै विभिन्न पार्टीबाट ७ जना समानुपातिक सांसद बनेका छन् ।

यस्तै, कास्कीबाट ५ जना, स्याङजाबाट ४ जना, लमजुङबाट ३ जना, नवलपुरबाट २ जना तथा गोरखा, पर्वत र म्याग्दीबाट १र१ सांसद बनेका छन् । योसँगै बागलुङ र कास्की जिल्ला सबैभन्दा बढी सांसद भएको जिल्ला बनेका छन् ।

प्रत्यक्षबाट ४ र समानुपातिकबाट ७ सहित ११ सांसद बागलुङबाट मात्रै बनेका छन् । कास्कीमा पनि समान ११ सांसद छन् । प्रत्यक्षमा ६ र समानुपातिक ५ सांसद कास्कीबाट छानिएका हुन् । स्याङजामा ८, नवलपुरमा ६ जना सांसद बनेका छन् । गोरखा र लमजुङमा ५र५, तनहुँमा ४ तथा पर्वत र म्याग्दीमा ३र३ जना सांसद छन् । मनाङ र मुस्ताङमा २÷२ जना सांसद छन् । मनाङ, मुस्ताङ र तनहुँमा प्रत्यक्ष निर्वाचित सांसद मात्रै आएका हुन् ।

गण्डकी प्रदेश सभाको आगामी कार्यकालमा २१ जना महिला सांसद हुनेछन् । संविधानले कम्तिमा ३३ प्रतिशत महिला सांसदको सहभागिता सुनिश्चित गरेपछि दलहरुले महिलालाई प्राथमिकताका साथ छनोट गरेका हुन् । सबैभन्दा धेरै कांग्रेसबाट ९ जना महिला सांसद बनेका छन् भने एमालेबाट ८ जना सांसद महिला छन् । माओवादीबाट ३ र राप्रपाबाट १ जना सांसद महिला क्लष्टरबाट आएका हुन् । दलित क्लष्टरबाट ६ जना सांसद बनेका छन् ।

एमालेबाट ३, कांग्रेसबाट २ र माओवादीबाट एक जना सांसद दलित छन् । खसआर्य ३० जना र आदिवासी जनजाति २४ जना छन् । उमेरका आधारमा पनि गण्डकीका समानुपातिक सांसद युवा अवस्थाका बढी छन् ।

३ जना सांसद ४० वर्षमुनिका छन् भने ११ जना ४० देखि ५० वर्ष, ९ जना ५० देखि ६० वर्ष र एकजना मात्रै ६० वर्ष उमेर कटेका छन् । यहाँ प्रत्यक्ष तर्फ पनि अधिकांश युवा अवस्थाका सांसद निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ११ : ०० बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’