४ पुस २०८२, शुक्रबार | December 19, 2025

अर्जेन्टिना फाइनलमा प्रवेश



काठमाडौं । कतारमा जारी फुटबल विश्वकपको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३ ० ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ ।

खेलको ७१औं मिनेटमा कप्तान लियोनल मेस्सीको उत्कृष्ट पासमा जर्सी नंं ९ का जुलियान अल्भारेजले सुन्दर गोल गरेपछि अर्जेन्टिनाले तेस्रो गोल गर्यो ।

यसअघि क्रोएसियाली खेलाडीले गल्ती गरेपछि खेलको ३४ औं मिनेटमा अर्जेन्टिनालाई रेफ्रीले पेनाल्टी दिएका थिए । कप्तान मेस्सीले कुनै गल्ती नगरी पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई १ गोलको अग्रता दिलाएका थिए । पहिलो गोलको पाँच मिनेट नवित्दै खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै आफ्नो टिमको अग्रतालाई दोब्बर पार्न सफल भएका थिए ।

अर्जेन्टिना यसअघि सन् २०१४ को विश्वकपमा पनि फाइनलमा पुगेको थियो ।

आजको खेलमा गरेको गोलसहित मेस्सीले कुनै पनि अर्जेन्टिनी खेलाडीको रेकर्ड तोड्दै विश्वकपमा ११ गोल पुर्याएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  २ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको