२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

अर्जेन्टिना फाइनलमा प्रवेश



काठमाडौं । कतारमा जारी फुटबल विश्वकपको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३ ० ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ ।

खेलको ७१औं मिनेटमा कप्तान लियोनल मेस्सीको उत्कृष्ट पासमा जर्सी नंं ९ का जुलियान अल्भारेजले सुन्दर गोल गरेपछि अर्जेन्टिनाले तेस्रो गोल गर्यो ।

यसअघि क्रोएसियाली खेलाडीले गल्ती गरेपछि खेलको ३४ औं मिनेटमा अर्जेन्टिनालाई रेफ्रीले पेनाल्टी दिएका थिए । कप्तान मेस्सीले कुनै गल्ती नगरी पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई १ गोलको अग्रता दिलाएका थिए । पहिलो गोलको पाँच मिनेट नवित्दै खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै आफ्नो टिमको अग्रतालाई दोब्बर पार्न सफल भएका थिए ।

अर्जेन्टिना यसअघि सन् २०१४ को विश्वकपमा पनि फाइनलमा पुगेको थियो ।

आजको खेलमा गरेको गोलसहित मेस्सीले कुनै पनि अर्जेन्टिनी खेलाडीको रेकर्ड तोड्दै विश्वकपमा ११ गोल पुर्याएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  २ : ३९ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा