६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

सुदूरपश्चिममा एमाले : प्रदेश सभातर्फ ६ र प्रतिनिधि तर्फ ७ जिल्लामा नील



धनगढी । सुदूरपश्चिममा नेकपा एमाले प्रतिनिधि सभातर्फ ७ जिल्ला र प्रदेश सभातर्फ ६ जिल्लामा निल भएको छ ।

 मंसिर–४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा एमालेले प्रदेशतर्फ तीन र प्रतिनिधि सभातर्फ दुई जिल्लामा मात्रै जित हाँशील गर्न सकेको हो । प्रदेशका ९ जिल्ला मध्य नेकपा एमालले प्रतिनिधि सभातर्फ कञ्चनपुर क्षेत्र नम्बर–१ र बैतडीमा मात्रै सफलता पाएको हो । कञ्चनपुर क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका तारालामा तामाङ र बैतडीबाट दामोदर भण्डारी विजयी भएका हुन् ।

प्रत्यक्षतर्फका १६ मध्य १५ स्थानमा उम्मेदवारी दिएको एमालले १३ स्थानमा पराजय व्यहोरेको हो, भने ७ जिल्लाबाट नै निल भएको हो । नेकपा एमाल प्रतिनिधि सभातर्फ कैलाली, डडेल्धुरा, डाटी, अछाम, बाजुरा, बझाङ र दार्चुलामा नील भएको हो ।

प्रदेश सभातर्फ नेकपा एमालेले कञ्चनपुर क्षेत्र नम्बर–१ को प्रदेश क्षेत्र (क), बैतडीको प्रदेश सभा क्षेत्र (क) र डाटीको प्रदेश सभा क्षेत्र क मा मात्रै जीत हाँशील गरेको हो ।

प्रदेश सभामा एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर–३ को प्रदेश सभा क्षेत्र (क) मा बिरबहादुर थापा, डोटी प्रदेश सभा क मा चक्र मल्ल र बैतडी प्रदश सभा क्षेत्र (क) मा सुरेन्द्र पाल निर्वाचित भएका हुन् ।

प्रत्यक्षतर्फ प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र मध्य ३१ ठाउँमा उम्मेदवारी दिएको एमालले २८ प्रदेश सभा क्षेत्रमा पराजय व्यहोरेको हो, भने ६ जिल्लामा निल भएको हो ।
नेकपा एमाले प्रदेश सभातर्फ कैलाली, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ र दार्चुलामा निल भएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ४८ बजे

केही जिल्लामा भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा अझै तातो दिन कायम रहने

काठमाडौँ । तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश

काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह)

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर