१५ माघ २०८२, बिहिबार | January 29, 2026

निर्वाचन आयोगका पदाधिकारी र उपराष्ट्रपति पुनबीच भेटघाट



काठमाडौं । निर्वाचन आयोगका पदाधिकारी र  उपराष्ट्रपति नन्दबहादुर पुनबीच भेटघाट भएको छ । आमनिर्वाचन ०७९ सम्पन्न भएको अवसरमा बिहीबार दिउँसो उक्त भेटघाट भएको आयोगले जनाएको छ ।

भेटघाटमा उपराष्ट्रपति पुनले निर्वाचन चुनौतीपूर्ण कार्य हुँदाहुँदै पनि विगतका निर्वाचनको तुलनामा यो निर्वाचन व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न भएको बताए ।

उपराष्ट्रपति पुनले आम निर्वाचन २०७९ ले अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको प्रतिष्ठा बढेको बताए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराउँदै निर्वाचनको सारसंक्षेप तथा यसका चुनौतीबारे अवगत गराएका थिए ।

भेटमा आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा। जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल सहभागी थिए ।  आयोगले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेश गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ४ : २४ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला