३ माघ २०८२, शनिबार | January 17, 2026

हुस्सु र कुहिरोले चिसो बढ्यो


१ पुस २०७९, शुक्रबार  

663
Shares

खजुरा । बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

बाँकेमा बिहीबार न्यूनतम तापक्रम १०.५ र अधिकतम् तापक्रम २१.७ डिग्री सेल्सियस रह्यो । चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेका छन् ।

न्यानो कपडाका पसल तथा सकडपेटीका पसलमा ग्राहकको भीड बढेको छ । सडकपेटीमा लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेका छन् । कठङ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगञ्ज–१६ का रामप्रसाद थारू बताउछन । उनले भने, “सवारीसाधन कम गतिमा बत्ती बालेर गुड्नुपरेको छ, हुस्सुले दुर्घटनाको जोखिम हुन्छ, त्यसैले सावधानीपूर्वक सवारी चलाउने गर्छौँ ।”

चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका सूचना अधिकारी पिजिसियन डा सङ्केत रिसालले बताए । उनका अनुसार अस्पतालमा अहिले दैनिक आउने एक सय बढी बिराममध्ये आधा जति चिसोले समस्या भएर आउने गरेका छन् ।

बाक्लो हुस्सु लागेपछि यहाँका हवाई उडान सेवा प्रभावित हुन थालेको छ । बाक्सो हुस्सु लागेपछि भिजिविलिटी कम हुँदा दुई दिनदेखि राँझा विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको हो । दिउँसोको समयमा भने हवाई सेवा नियमित भइरहेको नेपाल नागरिक उड्डयन कार्यालय बाँकेले जनाएको छ । कार्यालयका अनुसार राँझा विमानस्थलमा हवाई उडान र अवतरणका लागि एक हजार छ सय मिटर भिजिबिलिटी आवश्यक पर्दछ ।

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ०८ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय

कालीकोटमा जीप दुर्घटना हुँदा स्काभेटर अपरेटरसहित तीन जनाको मृत्यु

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार साँझ जीप दुर्घटना

निर्वाचन सामग्री आपूर्तिका लागी १३ संस्था सूचीकृत, हेलिकोप्टर कम्पनीले देखाएनन् चासो

काठमाडौं । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायत

बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा खुले निर्वाचन अधिकृतको कार्यालय

नेपालगन्ज । फागन २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

बुटवलसहित देशका मुख्य शहरमा सुजुकीको एक्सचेन्ज मेला

बुटवल । सुजुकी कम्पनीले आफ्नो दुई पाग्रे सवारीको बुटवलसहित देशका