१३ भदौ २०८३, शनिबार | August 29, 2026

पर्यटन प्रवर्द्धन गर्न शनिबार बुटवल फुलबारी देखि नुवाकोटसम्म पदयात्रा हुने



बुटवल । ‘पर्यटनका लागि हामी, हाम्रो स्वस्थ्य र पदयात्रा’ नारासहित नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल (नाटा) लुम्बिनीको आयोजनामा बुटवल मणिमुकुन्द उद्यानदेखि नुवाकोटसम्मको साढे ३ किलोमिटर वृहत पदयात्रा गर्ने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि एक दिने वृहत पदयात्राको तयारी पुरा भएको नाटाका अध्यक्ष रचना पन्तले बताईन ।

सामरिक महत्व बोकेको नुवाकोटगढी, भैरव मन्दिरसंगै पर्यटन पुर्वाधारहरु समेत अवलोकन कार्यक्रममा हुने उनले बताईन । कार्यक्रममा विभिन्न सरोकारवाला संस्थाहरुका करिब ३ सय जनाको सहभागिता रहने उनले बताईन ।

आयोजकका अनुसार फुलबारी देखि नुवाकोट साढे ३ र फर्कदा साढे ३ गरि कुल ७ किलोमिटरको दुरिको यात्रामा सहभागीलाई टिसर्ट, पिउने पानी, नास्ता, खानाको ब्यवस्थापन गरिएको छ । पदयात्रासंगै सरसफाईको अभियानलाई समेत जोडिएको बताउँदै उनले पर्यटकहरुलाई सरसफाईप्रति सचेत बनाउन जरुरी रहेको बताइन् ।

बुटवलदेखि नजिककै रहेको पर्यटकिय स्थलको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन हुने गरि कार्यक्रम गरिएको संयोजक गणेश भट्टराईले बताए । एक दिनको कार्यक्रममा भैरवस्थान मन्दिर र साइड हेर्ने, फोटोसेसन गर्ने लगायतका कार्यक्रम हुने छन ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १२ : ३४ बजे

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ६ सय २६ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १४ः००

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाबाट ४ करोड ५४ लाख १४ हजार रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४