१३ भदौ २०८३, शनिबार | August 29, 2026

बुटवल फूलबारी-नुवाकोटगढी हाफ डे हाईकिङ सम्पन्न



बुटवल । स्थानिय पर्यटकलाई आर्कषण गर्ने र पर्यटन प्रवर्द्धन उदेश्यका साथ शनिबार वृहत पदयात्रा गरिएको छ । ‘पर्यटनका लागि हामी, हाम्रो स्वस्थ्य र पदयात्रा’ नारासहित नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल (नाटा) लुम्बिनीको आयोजनामा बुटवल मणिमुकुन्द उद्यानदेखि नुवाकोटसम्मको पदयात्रा भएको हो ।

पदयात्रामा सहभागी एमाले उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले यस्ता पदयाधाले स्थानीय पर्यटकिय स्थलको पहिचान खुल्ने तथा पर्यटनको प्रवर्द्धन हुने बताए । बिहान ६ः३० बजे मणिमुकुन्द उद्यान पुगेका उपाध्यक्ष पौडेलले झण्डै एक किलोमिटर पदयात्रा गरेका थिए ।

सामरिक महत्व बोकेको नुवाकोटगढी, भैरव मन्दिरसंगै पछिल्लोसमयमा सो क्षेत्रमा प्रदेश सरकारको लगानीमा सास्कृतिक डबली तयार भएको छ । यसैगरि नीजि क्षेत्रको लगानीमा केवलकार संचालनको अन्तिम तयारीमा रहेको छ ।

नुवाकोट गढीको पहिचान तथा आत्रिक तथा बाहिय पर्यटकलाई आकर्षण प्रदान गर्न पदयात्रा कार्यक्रम राखिएको नाटा लुम्बिनीका अध्यक्ष रचना पन्तले बताएकी छन् । सरकार र निजि क्षेत्रको सहकार्यमा पर्यटिकय क्षेत्रहरुको विकाससंगै प्रचारमा आफुहरु लागेको उनले बताईन । लुम्बिनी प्रदेशकै पर्यटकिय क्षेत्रहरुको पहिचान गर्ने, प्रवद्र्धन गर्ने र प्रचारप्रसार गर्ने उनले बताए । कार्यक्रममा विभिन्न सरोकारवाला संस्थाहरुका करिब डेढ सय जनाको सहभागिता रहेको थियो ।

लुम्बिनी आउने आन्तरिक र बाह्य पर्यटकलाई भुलाउन सकिने हाईकिङको राम्रो सम्भावना रहेको उनले बताइन् । गाँउका जातिगत, भाषा, भेषभुषा र संस्कृतिलाई चिनाउने गरि योजनाहरु तयार गरेको तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । गाँउघरको मगर, कुमाल जाती र समुदायका संस्कृतिलाई जर्गेना हुने गरि आवधिक पाँचवर्षे योजना बनाईरहेको उनले बताए ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ५ : ५३ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको