२० बैशाख २०८१, बिहिबार | May 2, 2024

केही पत्रकारलाई निलम्बन गर्ने ट्वीटरको निर्णयको राष्ट्र संघ र ईयूद्वारा निन्दा



न्युयोर्क । संयुक्त राष्ट्रसंघले केही पत्रकारहरूलाई निलम्बन गर्ने ट्वीटरको निर्णयको निन्दा गरेको छ । यसअघि युरोपेली युनियनले पनि विरोध जनाएको थियो ।

ट्वीटरले न्युयोर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्टका पत्रकारलगायतका खाता बन्द गरेको थियो ।

मिडिया स्वतन्त्रता ‘खेलौना नभएको’ संयुक्त राष्ट्रसघले ट्वीट गरेको छ भने ईयूले ट्विटरलाई प्रतिबन्धको धम्की दिएको छ ।

ट्विटरका प्रवक्ताले अमेरिकी प्रविधि समाचार वेबसाइटमाथिको प्रतिबन्ध लोकेसन डाटाको लाइभ सेयरिङसँग सम्बन्धित रहेको बताए।

विश्वव्यापी सञ्चारका लागि संयुक्त राष्ट्रसंघका महासचिव मेलिसा फ्लेमिङले पत्रकारहरूलाई ट्विटरबाट मनोमानी ढंगले निलम्बन गरिएको रिपोर्टले गहिरो विचलित भएको बताइन्।

‘मिडिया स्वतन्त्रता खेलौना होइन’ उनले भनिन्, ‘स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला हो र हानिकारक विकृति विरुद्धको लडाईमा एक प्रमुख उपकरण हो ।’

न्यूयोर्क टाइम्सका प्रवक्ताले निलम्बनलाई ‘संशयास्पद र दुर्भाग्यपूर्ण’ भने ।

मस्कले आफ्नो निजी जेट ट्र्याक गर्ने प्रोफाइलको मालिकलाई मुद्दा हाल्ने वाचा गरेपछि निलम्बन गरिएको हो । -एजेन्सी

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : ३० बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका