७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बाक्लो हुस्सुका कारण उडान सेवा अवरुद्ध, हुम्लाका यात्रुलाई टिकट पाउनै सास्ती



सुर्खेत । हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाईजहाजको टिकट पाउनै सास्ती हुन थालेको छ। नेपालगन्जमा लाग्ने बाक्लो हुस्सुको कारण सिमकोटका लागि कम उडान हुनु, हुम्लाबाट नेपालगन्ज र सुर्खेत झर्ने यात्रु धेरै भएपछि टिकट पाउन समस्या भएको हो।

तीन दिन अगाडिदेखि नेपालगञ्ज झर्ने तयारी गरिरहेका रामबहादुर बोहराले टिकट नपाएर हैरान भएको बताए । श्रीमतीको स्वास्थ्य परीक्षणका लागि उनको दम्पत्ती नेपालगन्ज भर्न लागेको हो। उनले तीन दिनदेखि एयरलाइन्सका कार्यालयमा दैनिक धाए पनि टिकट पाउन नसकिएको उनको भनाइ छ।

उनीजस्ता यात्रु दुई सयभन्दा छन् । समिट एयर सिमकोटका इन्चार्ज गोविन्द लामाले नेपालगञ्जमा तीन चार दिनदेखि बिहानैबाट दिउँसो १२ बजेसम्म हुस्सु लागेर कम उडान हुँदा यात्रुुलाई टिकटको समस्या भएको हो।

बिहीबार नेपालगञ्जमा लागेको हुस्सुको कारण सिमकोटका लागि कुनै उडान हुन सकेको थिएन। शुक्रबार पनि ढिलो गरेर एक तारा र समिटले उडान भरेका थिए। हुम्लामा चिसो हुने हुँदा माथिल्लो हुम्लाका स्थानीय तराईमा जाडो छल्न जाने गर्छन्।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १२ : ०२ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२