६ जेष्ठ २०८३, बुधबार | May 21, 2026

बालबालिकामा आत्महत्या दर बिकराल



सुर्खेत । कर्णाली प्रदेशमा आत्महत्या गर्ने बालबालिकाको ग्राम निरन्तर बढ्दो लयमा छ । तीन वर्षको तथ्यांकले यस प्रदेशमा बालबालिकाकाे आत्महत्या दर बिकराल रहेका देखिन्छ ।

कर्णाली प्रदेश प्रहरीका अनुसार यस अवधिका एक सय १९ जना बालबालिकाले आत्महत्या गरेका छन् । जम्मा एक हजार २६ जनाले आत्महत्या गरेकामा त्यसको ११ प्रतिशत बालबालिका रहेका छन् ।

आर्थिक वर्ष २०७/७७ मा ३५ जना, आर्थिक वर्ष ०७७/७८ मा ४१ र ०७८७९ मा ३५ र चालू आर्थिक वर्ष २०७९/८० को हालसम्म आठ जना बालबालिकाले आत्महत्या गरेको प्रहरीले जनाएकाे छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठअनुसार बालबालिकामा अत्महत्या दर डरलाग्दो  भएकाले यसको न्यूनिकरणका लागि सबै सचेत हुनुपर्ने छ । यसतर्फ अभिभावक र सरोकारवाला सचेत रहनु पर्नेमा जोड रहेको छ ।

बालबालिकामा आत्महत्या बढ्नुको कारण सामाजिक सञ्जाल, लागूऔषध दुव्यर्सनी, पारिवारिक कलह, कतिपय चाहेको कुरासमेत नपाउँदा आवेगमा आएर आत्महत्याको बाटो रोज्ने गरेको मनोविमर्शकर्ता बताउछन् । आवाज संस्थाका अनुसार  बालबालिकामा उमेर बढ्दै जाँदा शारीरिकसँगै मानसिक रूपमा पनि सोच परिवर्तन हुँदै जान्छ । यसको सकारात्मक र नकारात्मक प्रभावले सही गलत छुट्टाउन नसक्दा र आफ्ना कुरा अरूसमक्ष राख्न नसक्दा आत्महत्या रोज्ने गरेको पाइएको छ ।

बालबालिकामा पारिवारिक अवस्थाले पनि असर गरेको, बालबालिकाले आफ्ना कुरा भन्न नपाउँदा, बुझ्ने र संरक्षण गर्ने अभिभावक नहुँदा आत्महत्याको बाटो रोज्ने गरेको पनि अर्को कारण रहेको छ । विद्यालयमा बालबालिकाका कुरा सुन्ने, समस्या पहिचान गरेर मनका कुरा राख्ने गोप्य र सुरक्षित वातावरण सिर्जना गर्नुपर्ने तर्फ पनि सचेत हुनुपर्ने भएको छ ।

आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ । बालकको तुलनामा पनि आत्महत्या गर्नेमा बालिकाको सङ्ख्या बढी छ । प्रहरीको तथ्यांक अनुसार  तीन वर्षको अवधिमा ५१ जना बालकले आत्महत्या गर्दा ६८ जना बालिकाले आत्महत्या गरेका छन् । प्रत्येक वर्षको तथ्यांक हेर्ने हो भने आत्महत्या गर्ने बालकको भन्दा बालिकाको सङ्ख्या बढिरहेको छ ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ५ : ११ बजे

केही जिल्लामा भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा अझै तातो दिन कायम रहने

काठमाडौँ । तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश

काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह)

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर