२१ असार २०८३, आइतबार | July 5, 2026

लोप हुन थालेका चितुवा भेटिन थाले


३ पुस २०७९, आइतबार  

377
Shares

मान्म । कालीकोटमा लोप हुन थालेका चितुवा भेटिन थालेका छन् । दुर्लभ हुँदै गएका चितुवा कालीकोटका विभिन्न ठाउँमा देखिन थालेका हुन् ।

चोरी सिकारी, बासस्थानको अभावका कारण नहुँदा लोप हुने अवस्थामा पुगेका चितुवा अहिले छिटपुट रुपमा कालीकोटका जङ्गलमा देखिन थालेका हुन् ।

जङ्गली क्षेत्रमा चिसो बढ्दै गएका कारणले उनीहरु अहिले बस्ती आपसासमा देखिन थालेको जानकारहरु बताउँछन् । गत शुक्रबार बेलुका ६.१५ बजे कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-२ को कोट खर्कमा चितुवा भेटिएको थियो ।

मोटरसाइकलमा सवार रहेका बेलामा कर्णाली करिडोर हुँदै सान्नी त्रिवेणी गाउँपालिका-९ डाँफे माध्यमिक विद्यालयका प्रधानध्यापक हीरामणी सिम्खडाले चितुवा देखिएको बताए ।

“कर्णाली करिडोर हुँदै यात्रा गर्दा मैले चितुवा देखेको हुँ”, उनले भने, “दुर्लभ हुँदै गएको चितुवा कर्णाली करिडोर क्षेत्रमा भेटिएको हो ।”

चितुवा भेटिएको ठाउँ अलि फरक खालको भएकाले आफू अचम्मित भएको प्रधानाध्यापक सिम्खडाको भनाइ छ । “बस्ती भएको ठाउँ र निकै व्यस्त रहने सडक नजिक चितुवा भेटिएको छ”, उनले भने, “यस क्षेत्रमा लामो समयपछि चितुवा देखिएको हो ।”

विगतमा चितुवाले भेडाबाख्रा, गाईभैँसीलाई गोठमा नै आएर आफ्नो आहारा बनाउने गरेकोमा करिब १५-२० वर्ष यता चितुवाले यस क्षेत्रमा दुःख दिएको थिएन । तर अहिले गाउँमा दुई वटा बाख्रा र एउटा गाई मारेको नरहरिनाथ गाउँपालिका-९ लालुका ६२ वर्षीया पदमबहादुर शाहीले बताए ।

कालीकोट जिल्लामा यसभन्दा अघि कतै नदेखिएको चितुवा अहिले केही ठाउँमा देखिएको सुन्नमा आएको डिभिजन वन कार्यालय कालीकोटका प्रमुख रमेशकुमार गिरीको भनाइ छ ।

“चितुवा हिमाली जिल्लामा देखिँदैनथ्यो । चितुवा खास गरी तराई, चुरे भावर र पहाडी जिल्लामा बसोबास गर्छ”, उनले भने, “हिमाली जिल्लामा चितुवा देखिन बासस्थान, आहारा र पानीको खोजीका कारणले हुनसक्छ ।”

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  २ : ३३ बजे

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को