३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

लोप हुन थालेका चितुवा भेटिन थाले


३ पुस २०७९, आइतबार  

377
Shares

मान्म । कालीकोटमा लोप हुन थालेका चितुवा भेटिन थालेका छन् । दुर्लभ हुँदै गएका चितुवा कालीकोटका विभिन्न ठाउँमा देखिन थालेका हुन् ।

चोरी सिकारी, बासस्थानको अभावका कारण नहुँदा लोप हुने अवस्थामा पुगेका चितुवा अहिले छिटपुट रुपमा कालीकोटका जङ्गलमा देखिन थालेका हुन् ।

जङ्गली क्षेत्रमा चिसो बढ्दै गएका कारणले उनीहरु अहिले बस्ती आपसासमा देखिन थालेको जानकारहरु बताउँछन् । गत शुक्रबार बेलुका ६.१५ बजे कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-२ को कोट खर्कमा चितुवा भेटिएको थियो ।

मोटरसाइकलमा सवार रहेका बेलामा कर्णाली करिडोर हुँदै सान्नी त्रिवेणी गाउँपालिका-९ डाँफे माध्यमिक विद्यालयका प्रधानध्यापक हीरामणी सिम्खडाले चितुवा देखिएको बताए ।

“कर्णाली करिडोर हुँदै यात्रा गर्दा मैले चितुवा देखेको हुँ”, उनले भने, “दुर्लभ हुँदै गएको चितुवा कर्णाली करिडोर क्षेत्रमा भेटिएको हो ।”

चितुवा भेटिएको ठाउँ अलि फरक खालको भएकाले आफू अचम्मित भएको प्रधानाध्यापक सिम्खडाको भनाइ छ । “बस्ती भएको ठाउँ र निकै व्यस्त रहने सडक नजिक चितुवा भेटिएको छ”, उनले भने, “यस क्षेत्रमा लामो समयपछि चितुवा देखिएको हो ।”

विगतमा चितुवाले भेडाबाख्रा, गाईभैँसीलाई गोठमा नै आएर आफ्नो आहारा बनाउने गरेकोमा करिब १५-२० वर्ष यता चितुवाले यस क्षेत्रमा दुःख दिएको थिएन । तर अहिले गाउँमा दुई वटा बाख्रा र एउटा गाई मारेको नरहरिनाथ गाउँपालिका-९ लालुका ६२ वर्षीया पदमबहादुर शाहीले बताए ।

कालीकोट जिल्लामा यसभन्दा अघि कतै नदेखिएको चितुवा अहिले केही ठाउँमा देखिएको सुन्नमा आएको डिभिजन वन कार्यालय कालीकोटका प्रमुख रमेशकुमार गिरीको भनाइ छ ।

“चितुवा हिमाली जिल्लामा देखिँदैनथ्यो । चितुवा खास गरी तराई, चुरे भावर र पहाडी जिल्लामा बसोबास गर्छ”, उनले भने, “हिमाली जिल्लामा चितुवा देखिन बासस्थान, आहारा र पानीको खोजीका कारणले हुनसक्छ ।”

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  २ : ३३ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका