१९ असार २०८३, शुक्रबार | July 3, 2026

मधेश प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ : सीके राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् ।

निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीबाट विजयी सदस्यहरूको संख्या र मधेशका जनताको माग पनि जनमत पार्टीको नेतृत्वको सरकार खोजिरहेको उनले बताए ।

उनले हालको सत्ता गठबन्धनलाई नै समर्थन रहने संकेत पनि गरे । तर, यसका लगि पार्टीले उठाउँदै आएका मागहरू पुरा गर्न सरकारले घनिभुत र ठोस रुपमा प्रतिबद्धता जनाउनु पर्ने बताए ।

अघिल्ला सरकारले गरेका जस्तो कागजमा मात्रै सिमिति प्रतिबद्धको पछि जनमत नलाग्ने उनले बताए । उनले भने, ‘जनताका जनजीविकाका सवालमा निर्वाचनअघि दलहरूले गरेका प्रतिबद्धता पुरा हुनुपर्छ । यस्तै,  किसानसँग गरेका वाचा प्रतिबद्धता पुरा भए अहिलेकै सत्ता गठबन्धनमा हाम्रो समर्थन रहन्छ ।’

उनले यो गठबन्धनबाहेक अरुसँग पनि छलफल भइरहेको र ती छलफललाई सकारात्मक रुपमा लिएको बताएका छन् । उनले अघिल्लो साता एमाले अध्यक्ष केपी ओलीसँग भएको भेट सरकार गठनसँग सम्बन्धित नभएर सामान्य शिष्टाचार भेट मात्रै भएको बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ३ : २१ बजे

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०

प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका रजिष्ट्रार कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र