७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

पाँच वर्ष अघि जबरजस्ती करणी गरेर फरार अभियुक्त पक्राउ



बुटवल । ५ वर्ष पहिले जबरजस्ती करणी गरेर फरार व्यक्त करणी गरेको ५ वर्षपछि पक्राउ परेका छन् । करणी गरेको कसुर प्रमाणित भई सजाँय समेत तोकिएका जीवन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत रुपन्देहीले तारेखमा छाडेकोमा उच्च अदालत तुलसीपुरको बुटवल बेन्च को २०७३ भाद्र ८ गतेको फैसलाले ५ बर्ष कैद हुने ठहरे लगत्तै फरार भएका चोत्ररीलाई आज इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीले दिएको घटना विवरण अनुसार ७२ साल बैशाख २० गते राती आठ बजेको समयमा जिल्ला रुपन्देही साविक रुद्रपुर गाविस(४ स्थित घरमा कोही मानिस नभएको मौका पारी पिडित महिलालाई चौधरीले बोल्न कराउन नदिई भित्री कोठामा लगी कपडाले मुख थुनी कराएमा मारिदिन्छु र कसैलाई भनेमा काटिदिन्छु भनि जवरजस्ती करणी गरेका थिए । घटनामा पिडित महिलाको जाहेरी दरखास्तले, ईलाका प्रहरी कार्यालय सालझण्डीमा जवरजस्ती करणी मुद्दा दर्ता भई अनुसन्धान गर्दा जिल्ला अदालतको फैसलाले सो समयमा तारिकमा छुटेकोमा उच्च अदालत तुलसीपुर दाङको बुटवल बेन्चबाट कसुर करार गर्दै पाँच वर्ष कैदको सजाँय सुनाएको थियो ।

तारेखमा छुटेदेखि नै फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको टोलीले चौधरीलाई फेला पारि पक्राउ गरी फैसला कार्यान्व्यनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरीएकोमा अदालतको आदेशले कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : २० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल