४ चैत्र २०८२, बुधबार | March 18, 2026

पाँच वर्ष अघि जबरजस्ती करणी गरेर फरार अभियुक्त पक्राउ



बुटवल । ५ वर्ष पहिले जबरजस्ती करणी गरेर फरार व्यक्त करणी गरेको ५ वर्षपछि पक्राउ परेका छन् । करणी गरेको कसुर प्रमाणित भई सजाँय समेत तोकिएका जीवन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत रुपन्देहीले तारेखमा छाडेकोमा उच्च अदालत तुलसीपुरको बुटवल बेन्च को २०७३ भाद्र ८ गतेको फैसलाले ५ बर्ष कैद हुने ठहरे लगत्तै फरार भएका चोत्ररीलाई आज इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीले दिएको घटना विवरण अनुसार ७२ साल बैशाख २० गते राती आठ बजेको समयमा जिल्ला रुपन्देही साविक रुद्रपुर गाविस(४ स्थित घरमा कोही मानिस नभएको मौका पारी पिडित महिलालाई चौधरीले बोल्न कराउन नदिई भित्री कोठामा लगी कपडाले मुख थुनी कराएमा मारिदिन्छु र कसैलाई भनेमा काटिदिन्छु भनि जवरजस्ती करणी गरेका थिए । घटनामा पिडित महिलाको जाहेरी दरखास्तले, ईलाका प्रहरी कार्यालय सालझण्डीमा जवरजस्ती करणी मुद्दा दर्ता भई अनुसन्धान गर्दा जिल्ला अदालतको फैसलाले सो समयमा तारिकमा छुटेकोमा उच्च अदालत तुलसीपुर दाङको बुटवल बेन्चबाट कसुर करार गर्दै पाँच वर्ष कैदको सजाँय सुनाएको थियो ।

तारेखमा छुटेदेखि नै फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको टोलीले चौधरीलाई फेला पारि पक्राउ गरी फैसला कार्यान्व्यनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरीएकोमा अदालतको आदेशले कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ९ : २० बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत