७ श्रावण २०८३, बिहिबार | July 23, 2026

धनगढीमा दिनदहाडै गोली चल्यो



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–९ मा मंगलबार बिहान गोली चलेको छ । चोरी गर्न आएको टोली र स्थानीयबीच मुडभेड हुँदा अकस्मात गोली चलेको हो ।

गोली मानिसलाई भने नलागेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार धनगढी(९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारी समुहलाई गाउँलेले लखेटेका थिए ।

गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

चोर र स्थानीयबीच भएको मुडमेडमा स्थानीय प्रजापति विष्ट सामान्य घाइते भएका छन् । उनको कम्मरमा सामान्य चोट लागेको प्रहरी प्रवक्ता जोशीले बताए । घरमा लुटपाट गर्न आएका लुटेरासँग प्रतिकार गर्न खोज्दा विष्ट घाइते भएका हुन् ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लगेको छ । उनमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले गोलीका खोकाहरू समेत बरामद गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १ : ३० बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ