२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

चिसो मौसममा सिंहदबार परिसरमा राजनीतिक सरगर्मी



काठमाडौं । तराई-मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको उम्मेदवारी दर्तासँगै मुलुकको राजनीतिको केन्द्रका रूपमा रहेको सिंहदरबार क्षेत्रमा राजनीतिक चहलपहल बढेको हो ।

नेपालको राजनीतिमा लामो योगदान र पृष्ठभूमि रहेको कांग्रेस संसदीय दलको चुनावका कारण प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणपछि सुनसान रहेको सिंहदरबार परिसर पुसको चिसोमा पनि आइतबारदेखि एकाएक तातेको छ । मुलुकको आगामी दिशा मार्गनिर्देश गर्ने भएकाले सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको नेतृत्व छान्नका लागि हुन लागेको यस निर्वाचनलाई मुलुकभित्र र बाहिर सबै क्षेत्रबाट ठूलो चासो तथा कौतुहलतासाथ हेरिएको छ ।

प्रधानमन्त्री एवं पार्टीसभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच हुने चुनावी प्रतिस्पर्धालाई दलभित्र आन्तरिक जीवन र बाह्य राजनीतिक दृष्टिकोणबाट बेग्ला-बेग्लै ढङ्गले जोडघटाउ र विश्लेषण गरिएको छ । कांग्रेसको नेतृत्व चयनका लागि अहिले केहीबेरमै मतदान सुरु हुनेछ । सिंहदरबार परिसरमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार भएको निर्वाचनको उम्मेदवारी दर्ताका क्रममा नेता, कार्यकर्ता र शुभचिन्तकको भीड लागेको थियो ।

निर्वाचनको अन्तिम नतिजा आएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी प्रधानमन्त्रीका लागि यही पुस १० गतेभित्र दाबी पेस गर्न सात दिनको समयसीमा प्रदान गरी यसअघि नै आह्वान गरिसकेकी छिन । राष्ट्रपतिको उक्त आह्वानपछि राजनीतिक दलले आ-आफ्नो दलभित्र संसदीय दलको नेता चयन गर्ने कार्यलाई तीव्रता दिएका हुन् ।

निर्वाचनको पछिल्लो नतिजाले मुलुकका प्रमुख राजनीतिक शक्तिलाई मिलेर सरकार चलाउन सन्देश प्रदान गरेकाले पनि स्वभाविकरूपमा ठूलो राजनीतिक पार्टीका हैसियतले कांग्रेसले अरु राजनीतिक दलसँग संवाद सुरु गरेको छ ।

दोस्रो ठूलो शक्ति नेकपा (एमाले) पनि अङ्क गणितीय जोडघटाउका साथ सहकर्मी राजनीतिक दलसँग छलफल र परामर्शमा रहेको छ । नवनिर्वाचित सांसदको शपथको तयारी र सरकार गठनलगायतका कारण प्रमुख नेताहरूबीच हुने छलफल र भेटवार्ता तथा नवनिर्वाचित सांसदहरू आउने क्रम बढेकाले सिंहदरबार परिसरको सरगर्मी निकै बढेको छ ।

संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका कार्यालय पनि यहीँ नै भएका कारण सिंहदरबार क्षेत्रमा आज बिहानदेखि चहलपहल र आवतजावत बढेको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ७ : ५० बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको