७ आश्विन २०८३, बुधबार | September 23, 2026

तालिबानद्वारा अफगान महिलालाई विश्वविद्यालय शिक्षामा प्रतिबन्ध



काबुल । कट्टरपन्थी इस्लामवादीहरूले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै तालिबान अधिकारीहरूले महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका छन् ।

गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा गरे पनि तालिबानले अन्तर्राष्ट्रिय आक्रोशलाई बेवास्ता गर्दै महिलाको जीवनका सबै पक्षमा प्रतिबन्ध लगाएको छ ।

उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदीमले हस्ताक्षर गरी सबै सरकारी तथा निजी विश्वविद्यालयलाई जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अर्को सूचना नभएसम्मका लागि महिला शिक्षा स्थगन गर्ने उल्लेख गरिएको आदेशलाई तत्काल कार्यान्वयन गर्न सबैमा जानकारी गराइन्छ ।’

पत्र ट्वीट गर्ने मन्त्रालयका प्रवक्ता जियाउल्लाह हाशिमीले आदेश पुष्टि गरेको एएफपीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ७ : ५७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज