६ बैशाख २०८१, बिहिबार | April 19, 2024

तालिबानद्वारा अफगान महिलालाई विश्वविद्यालय शिक्षामा प्रतिबन्ध



काबुल । कट्टरपन्थी इस्लामवादीहरूले अफगान महिलाहरूको शिक्षा र स्वतन्त्रताको अधिकारलाई दमन जारी राख्दै तालिबान अधिकारीहरूले महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा राष्ट्रव्यापी प्रतिबन्ध लगाउन आदेश दिएका छन् ।

गत वर्ष सत्ता कब्जा गर्दा नरम नियम बनाउने वाचा गरे पनि तालिबानले अन्तर्राष्ट्रिय आक्रोशलाई बेवास्ता गर्दै महिलाको जीवनका सबै पक्षमा प्रतिबन्ध लगाएको छ ।

उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदीमले हस्ताक्षर गरी सबै सरकारी तथा निजी विश्वविद्यालयलाई जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अर्को सूचना नभएसम्मका लागि महिला शिक्षा स्थगन गर्ने उल्लेख गरिएको आदेशलाई तत्काल कार्यान्वयन गर्न सबैमा जानकारी गराइन्छ ।’

पत्र ट्वीट गर्ने मन्त्रालयका प्रवक्ता जियाउल्लाह हाशिमीले आदेश पुष्टि गरेको एएफपीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ७ : ५७ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी