५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेस संसदीय दलको मतदान सम्पन्न, केही बेरमा मतगणना हुँदै



काठमाडौं । संसदीय दलको नेता चयनका लागि भएको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन सम्पन्न भएको छ

बुधबार बिहान ९ बजेदेखि सिंहदबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन सुरु भएको थियो । केही बेरअघि मात्र मतदान सम्पन्न भएको छ ।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्भामा उत्रिएका छन् । कांग्रेसबाट ८९ जना सांसदहरु निर्वाचित भएका छन् । संसदीय दलको निर्वाचनमा शत प्रतिशत मतदान भएको निर्वाचन समितिले जनाएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि सुरु हुने भने पनि बूथमा मोबाइल लैजान दिने र नदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको थियो ।

मोबाइल लैजान नदिने सहमति भएसँगै मतदान ढिलो गरी सुरु भएको थियो । तर देउवा पत्नी आरजु राणाले भने करिब १० जना सांसदलाई मतदान गरेको तस्बिर खिच्न लगाएको पाइएको छ । मतदान सम्पन्न भएसँगै अब केही बेरमा मतगणना सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ४१ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र