१ भदौ २०८३, सोमबार | August 18, 2026

कांग्रेस संसदीय दलको मतदान सम्पन्न, केही बेरमा मतगणना हुँदै



काठमाडौं । संसदीय दलको नेता चयनका लागि भएको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन सम्पन्न भएको छ

बुधबार बिहान ९ बजेदेखि सिंहदबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन सुरु भएको थियो । केही बेरअघि मात्र मतदान सम्पन्न भएको छ ।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्भामा उत्रिएका छन् । कांग्रेसबाट ८९ जना सांसदहरु निर्वाचित भएका छन् । संसदीय दलको निर्वाचनमा शत प्रतिशत मतदान भएको निर्वाचन समितिले जनाएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि सुरु हुने भने पनि बूथमा मोबाइल लैजान दिने र नदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको थियो ।

मोबाइल लैजान नदिने सहमति भएसँगै मतदान ढिलो गरी सुरु भएको थियो । तर देउवा पत्नी आरजु राणाले भने करिब १० जना सांसदलाई मतदान गरेको तस्बिर खिच्न लगाएको पाइएको छ । मतदान सम्पन्न भएसँगै अब केही बेरमा मतगणना सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ४१ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार