१५ माघ २०८२, बिहिबार | January 29, 2026

स्ववियु निर्वाचनबारे त्रिविले थाल्यो छलफल



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सम्बन्धमा छलफल सुरु गरेको छ । आगामी फागुन महिनामा स्ववियु निर्वाचन गर्ने गरी छलफल सुरु गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

आज त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा शिक्षाध्यक्ष डा. शिवलाल भुसाल, रजिष्ट्रार डा. पेशल दाहालसहित विभिन्न सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचनका सम्बन्धमा छलफल भएको हो ।

खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले छलफलमा स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना निर्वाचन अघिसक्ने र स्नातक तेस्रो तथा चौथो वर्षको नतिजा प्रकाशन र निर्वाचनलाई असर पार्ने गरी कुनै पनि परीक्षा तालिका सार्वजनिक नगर्ने सहमति भएको बताए । छलफलमा विभिन्न सङ्काय र संस्थानका डीनहरू, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रकको उपस्थिति थियो ।

“स्ववियु निर्वाचनको सम्बन्धमा हामीबीच सहमति भएको छ”, उनले भने, “अब विद्यार्थी सङ्गठनसँग छलफल गरेर मिति सार्वजनिक गर्दछौँ ।” आजको बैठकको समझदारीअनुसार यही पुस ११ गते (सोमबार) सम्पूर्ण विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्षसहितको बैठक बोलाइएको उनले जानकारी दिए ।

विद्यार्थीसँगको छलफल गरेर विद्यार्थी कल्याण निर्देशनालयमा मिति पेश गर्ने र निर्देशनालयले त्रिवि कार्यकारी परिषद्मा मिति सिफारिस गर्नेछ । त्यसपछि त्रिवि कार्यकारी परिषद्ले मिति घोषणा गर्ने उनले बताए । त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुनसकेको छैन । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन ।

विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।

यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : २५ बजे

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा