३ माघ २०८२, शनिबार | January 17, 2026

मधेसी भाषामा सपथ लिएको विरोधमा सिके राउतकै निर्वाचन क्षेत्रमा पुतला दहन



सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीका अध्यक्ष डा सीके राउतविरुद्ध प्रदर्शन भएको छ । राउतले प्रतिनिधिसभा सदस्यका रूपमा लिएको शपथ बदर हुनुपर्ने माग गर्दै बिहीबार साँझ प्रदर्शन भएको हो ।

राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला प्रतिष्ठान (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले नाराबाजी गर्दै राउतको पुतला दहन समेत गरेका हुन् ।

मैथिली साहित्य प्रतिष्ठान सप्तरीका पूर्वअध्यक्ष देवेन्द्र मिश्रले मधेसी भाषा कतै उल्लेख नरहेको अवस्थामा जनताको सर्वोच्च निकाय संसद् सचिवालयले मधेसी भाषा भनेर राउत र उनका पार्टीका अन्य सांसदलाई शपथ गराउनु संविधानविपरीत भएको बताए ।

संसद् सचिवालयले राउतको शपथलाई अवैध ठहर गरी संविधानले तोकेको मातृभाषामा शपथ गराउनुपर्ने उनीहरूको माग छ ।
मैथिली भाषी क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव जितेका राउतलाई नेपालको कुनै अधिकारिक दास्तवेजमा उल्लेख नरहेको मधेसी भाषाको नाम दिएर शपथ लिनु असंवैधानिक भएको मिलाफका अध्यक्ष रमिला साहले बताइन् ।

राउत मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : २७ बजे

झापामा एमालेद्वारा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स गठन

झापा । नेकपा एमालेले केहीसमय अघि गठन गरेको नेशनल भोलेन्टियर

पर्वतबाट नेकपाको उम्मेदवार बने मनहरी तिमिल्सिना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि

जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्य नेकपामा प्रवेश

काठमाडौं । जसपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत

राष्ट्रिय सभामा एमालेसँग गठबन्धन होईन सहमति : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसँग भएको सहमतिलाई

ललितपुरबाट एकल सिफारिसमा परेका नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सर्लाही-३ बाट