५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता १३ पुसमा छानिने



काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । १३ पुसमा हुने निर्वाचनको तालिकासमेत सार्वजनिक भएको छ । हेटौंडामा हुने निर्वाचनको लागि प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।

निर्वाचन तालिकाअनुसार १२ पुसमा दिउँसो १ बजे मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमा दाबी विरोध दिउँसो २ बजे, अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे गरिने उल्लेख छ ।

१३ पुस बिहान ८ बजे उम्मेदवारी दर्ता, बिहान साढे १० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, बिहान ११ बजे उम्मेदवारहरूको दाबी विरोध, दिउँसो १२ बजे उम्मेदवारहरूको दोस्रो पटक नामावली प्रकाशन प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

समितिले दिउँसो साढे १२ बजे उम्मेदवारी फिर्ता लिने समय, दिउँसो पौने २ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन र दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान गर्ने समय तोकेको छ ।

सोही दिन मत परिणाम सार्वजनिक हुने समेत बताइएको छ । उक्त निर्वाचनमा कांग्रेसबाट प्रदेशसभा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ३ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको