१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता १३ पुसमा छानिने



काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । १३ पुसमा हुने निर्वाचनको तालिकासमेत सार्वजनिक भएको छ । हेटौंडामा हुने निर्वाचनको लागि प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।

निर्वाचन तालिकाअनुसार १२ पुसमा दिउँसो १ बजे मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमा दाबी विरोध दिउँसो २ बजे, अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे गरिने उल्लेख छ ।

१३ पुस बिहान ८ बजे उम्मेदवारी दर्ता, बिहान साढे १० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, बिहान ११ बजे उम्मेदवारहरूको दाबी विरोध, दिउँसो १२ बजे उम्मेदवारहरूको दोस्रो पटक नामावली प्रकाशन प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

समितिले दिउँसो साढे १२ बजे उम्मेदवारी फिर्ता लिने समय, दिउँसो पौने २ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन र दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान गर्ने समय तोकेको छ ।

सोही दिन मत परिणाम सार्वजनिक हुने समेत बताइएको छ । उक्त निर्वाचनमा कांग्रेसबाट प्रदेशसभा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ३ : ४४ बजे

विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन/सिफारिस आह्वान

काठमाडौँ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान । मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

कालिगण्डकीमा खसेर रुपन्देहीका एक बालक बेपत्ता

म्याग्दी । म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा

छोरी हत्या अभियोगमा आमा पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई

बदली र वर्षाले आगामी केही दिन शीतल महसुस हुने

काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा