११ बैशाख २०८१, मंगलबार | April 24, 2024

प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्त भयो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रधानमन्त्री बन्ने सपना समाप्त भएको दाबी गरेका छन् ।

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टी केन्द्रीय कार्यालयमाआायोजना गरेको कार्यक्रममा उनले प्रचण्डले समयमा निर्णय गर्न नसक्दा प्रधानमन्त्री बन्ने सपना समाप्त भएको बताएका हुन् । उनले भने ‘पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ। तर उहाँले मलाई लाग्छ–ढिलो गर्नु भयो ।’

ओलीले संस्कृतको नीतिश्लोक उदृद्ध गर्दै जे कुरा पनि समयमै गर्नुपर्ने धारणा राखे । ओलीले भने –आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा। छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ। त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नु पर्दछ। भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन भोलि साँझ ५ बजेसम्मको समय दिएकी छिन । प्रचण्डले सरकारको नेतृत्वको दाबी गरेपनि नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने अडान राख्दैआएको छ ।,

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ३ : ३३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना