११ चैत्र २०७९, शनिबार | March 25, 2023

अनिश्चितकालका लागि मनकामना केबलकार बन्द



काठमाडौं । मनकामना केबलकार तत्कालका लागि बन्द गरिएको छ । केबलकारको प्यानल (Thyrestor panel) मा ठूलो क्षति पुगेकाले सेवा स्थगन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो । त्यो मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ ।

अर्को सूचना जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले जानकारी गराएको छ ।

“विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानल (Thyrestor panel) मा ठूलो क्षति पुग्न गएको कारण र निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले अर्को सूचान नभएसम्म केबलकार सेवा स्थगन रहने जानकारी गराउदँछौँ,” कम्पनीले सोमबार बिहान जारी गरेको सूचनामा उल्लेख छ, “यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी गर्दछौँ । यथासक्दो चाँडो सेवा सुचारु गर्नेछौँ ।”

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ३३ बजे

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट

बेनी । शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा

हरियो धनियाँको मुठा बेचेर वार्षिक तीन लाख

बेनी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च

मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा