९ चैत्र २०८२, सोमबार | March 23, 2026

बुटवलका डीएसपी ठगबहादुर केसी सीआईबीको नियन्त्रणमा, निवासबाटै सुन र लाखौं रकम बरामद



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी प्रहरीकै अनुसन्धान टोलीको नियन्त्रणमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको अनुसन्धान टोलीले केसीलाई आइतबार र साँझ निवासबाटै नियन्त्रणमा लिएको हो ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी प्रहरी स्रोतले दाबी गरेको छ ।

घटनाका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोका डिआइजी उत्तम सुबेदीले अनुसन्धान टोलीले कारवाही गरेको पुष्टि गरे । उनले बरामद भएका सामाग्रीको विवरण आइनसकेको भन्दै केन्द्रबाट पठाइएको टोलीले ईलाका प्रहरी कार्यालयका डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान थालिएको खबरकुरालाई बताए ।

प्रहरी स्रोतका अनुसार मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रबिन्द्र रेग्मीले घटनाको पुष्टी गर्दै ब्यूरोको टोलीसँग भेट भएपछि मात्र बरामद भएका सामानको विवरण दिन सकिने बताए । ‘केहीबेरमा ब्यूरो टोलीसँग भेट हुँदैछ, त्यसपछि नै सबैकुरा थाहा होला ।’ खबरकुरासँग कुरा गर्दै उनले भने ।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ । केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ११ : ४५ बजे

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते