११ भदौ २०८३, बिहिबार | August 27, 2026

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफको बधाई



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई दिएका छन् । सोमबार एक ट्वीटमार्फत् प्रधानमन्त्री शरिफले प्रचण्डलाई बधाई दिएका हुन् ।

उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ । क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ अपेक्षा गरेको छु’

यसअघि नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई छिमेकी मुलुक चीन र भारतले बधाई दिइसकेका छन् । नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले पनि प्रचण्डलाई बधाई दिएका छन् । आइतबार एमालेसहितका दलहरूको समर्थन प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले आजै साँझ पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १ : ३६ बजे

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा,

रूसी राष्ट्रपति पुटिनद्वारा बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढीपहिरोका कारण भएको