५ पुस २०८२, शनिबार | December 20, 2025

अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु



न्युयोर्क । अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसीलगायतका राज्यमा ३८ जनाको मृत्यु भएको हो ।

आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ र क्यानडामा ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्तको मेरिट सहर नजिकै हिउँको सडकमा बस पल्टिँदा चार जनाको मृत्यु भएको छ ।

आँधी आगामी केही दिनमा कम हुने मौसमविद्हरूले बताए छन तर अत्यावश्यक बाहेक यात्रा नगर्न उनीहरूले सल्लाह दिएका छन् ।

आँधीले केही दिनदेखि विनाश ल्याएको छ, तर पहिलेको ब्ल्याकआउटपछि बिजुली स्थिर रूपमा पुनस्र्थापित भएको छ । आइतबार २ लाखभन्दा कम मानिस बिजुलीबिहीन भएका थिए ।

अत्यधिक चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन सुझाव दिइएको छ । बिजुली नभएपछि कठ्यांग्रिएर ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको