१४ माघ २०८२, बुधबार | January 29, 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ जना कर्मचारीमाथि लाग्यो भ्रष्टाचारको आरोप



बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २४ जना कर्मचारीमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

एमआरआई र सिटीस्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वरजिष्ट्रारदेखि विभिन्न पदमा रहेका २४ जना कर्मचारीहरूलाई बयानका लागि पत्राचार गरेको छ ।

प्रतिष्ठानका सर्जन विभागका एकजना चिकित्सकका अनुसार तत्कालीन प्रतिष्ठानकी उपकुलपति प्रा।डा। संगीता भण्डारीको कार्यकालमा सिटीस्क्यान र एमआरआई खरिदमा भ्रष्टाचार भएको भन्दै लिखितरूपमा अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले पत्र काटेको हो । उनका अनुसार प्रतिष्ठानका पूर्वरजिस्ट्रार रामप्रसाद प्याकुरेल, पूर्रवकायम मुकायम रजिस्ट्रार कैलाशप्रसाद देव, पूर्वकामु रजिस्ट्रार एवं हालका डेपुटी रजिस्ट्रार झंकार लामिछाने, डिन डा। सागर पन्थीलाई अख्तियारले बयानका लागि पत्र पठाएको छ । उनीहरू सबैजसो मूल्यांकन र खरिद समितिको संयोजकसहित महत्वपूर्ण पदमा थिए ।

त्यस्तै अख्तियारले झंकारकी श्रीमती तत्कालीन नर्सिङ अधिकृत बिन्दु पौडेल, लेखा अधिकृतहरु राजीव बस्नेत, श्रीराम चौधरी, रेडियोलोजिष्ट डा. बम बिसी, लेखा अधिकृत छाया डिसी, अन्जु शर्मालाई पनि बयानका लागि पत्र काटेको छ । त्यस्तै सिटीस्क्यान र एमआरआईको ठेकेदारसँग मिलेर स्पेसिफिकेसन तयार गर्ने प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर शरद भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारीलाई पनि अख्तियारले पत्र काटेको ती चिकित्सकले जानकारी दिए । त्यस्तै डा। शिरिसा पोखरेल, पूर्व कर्मचारी मेघराज अधिकारी, फिजियोथेरापिष्ट पूजा मण्डल, चार्टर्ड एकाउन्टेन्ट नितुन कुर्मीसहित अन्य कर्मचारीलाई पनि बयानका लागि पत्र काटेको छ ।

अख्तियार काठमाडौंको पत्रसहित बुटवलको अख्तियारको सम्पर्क कार्यालयमा कर्मचारीले लिखित बयान दिएका छन् । अख्तियारले बयानका लागि पत्र काटेर बोलाएपछि एकजना पूर्व लेखा अधिकृतले पूर्वउपकुलपति भण्डारीको निर्देशनमा स्थानीय केही ब्यवसायीको मिलेमतोमा गलत काम भएको बताउँदै अष्ट्रेलियामा रहेका चार्टर्ड एकाउन्टेन्टको डकुमेन्ट प्रयोग गरेर प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा काम भएको बताए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ३४ बजे

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले