७ आश्विन २०८३, बुधबार | September 23, 2026

दिल्लीमा बढ्न थाल्यो कोभिड संक्रमण दर



नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा कोभिड १९ संक्रमण दर बढ्न थालेको छ । बाहिरबाट आएकाहरुमा बढी पोजेटिभ संक्रमण देखिएको चिकित्सकको भनाइ छ ।

पछिल्लो तीन दिनमा गरिएको चेकजाँचमा ३९ जनामा कोभिडको नयाँ संक्रमण पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिल्लीमा मंगलबार थप १९ संक्रमित फेला परेका छन् ।

दिल्लीमा कोभिड १९ संक्रमण दर फैलिन थालेपछि दिल्ली सरकारले विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । दिल्ली सरकारले संक्रमण दर फैलिन नदिन सबै सावधानी अपनाइरहेको जनाएको छ । दिल्लीमा पछिल्लो समय कोभिड संक्रमण दर ०.४४ प्रतिशत भएपनि संक्रमण बढ्दैगएकाले सावधान हुनुपर्ने बताएको छ ।

विदेशबाट दिल्ली आएका कुल १ हजार ७८० जनाको चेकजाँच जर्दा ३९ जना पोजेटिभ भेटिएको दिल्ली सरकारले जनाएको छ । उनीहरुको उपचार भइरहेको छ ।

दिल्ली एयरपोर्टमा गरिएको चेकजाँचमा म्यानमारबाट आएका ४ जनामा कोभिड संक्रमण भेटिएको सञ्चार माध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोभिडबाट सतर्क रहन देशबासीमा आग्रह गरेका छन् । भारत सरकार त्यसविरुद्ध लड्न आफ्नो तयारी गरेको उनले बताएका छन् ।

दिल्लीमा पछिल्लो संक्रमित संख्यासहित अहिलेसम्म २० लाख ७ हजार १७५ संक्रमित संख्या पुगिसकेको छ । त्यहाँ अहिलेसम्म २६ हजार ५२१ जनाले ज्यान गुमाइसकेका छन् ।

कोभिडको नयाँ भेरियन्ट बीएफ ७ संक्रामक भाइरस भएकाले छिटो एकबाट अर्कोमा सर्ने चिकित्सकहरुको भनाइ छ । भारत सरकारले सबै नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्न भनेको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : २५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज