१ पुस २०८२, मंगलबार | December 16, 2025

दिल्लीमा बढ्न थाल्यो कोभिड संक्रमण दर



नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा कोभिड १९ संक्रमण दर बढ्न थालेको छ । बाहिरबाट आएकाहरुमा बढी पोजेटिभ संक्रमण देखिएको चिकित्सकको भनाइ छ ।

पछिल्लो तीन दिनमा गरिएको चेकजाँचमा ३९ जनामा कोभिडको नयाँ संक्रमण पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिल्लीमा मंगलबार थप १९ संक्रमित फेला परेका छन् ।

दिल्लीमा कोभिड १९ संक्रमण दर फैलिन थालेपछि दिल्ली सरकारले विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । दिल्ली सरकारले संक्रमण दर फैलिन नदिन सबै सावधानी अपनाइरहेको जनाएको छ । दिल्लीमा पछिल्लो समय कोभिड संक्रमण दर ०.४४ प्रतिशत भएपनि संक्रमण बढ्दैगएकाले सावधान हुनुपर्ने बताएको छ ।

विदेशबाट दिल्ली आएका कुल १ हजार ७८० जनाको चेकजाँच जर्दा ३९ जना पोजेटिभ भेटिएको दिल्ली सरकारले जनाएको छ । उनीहरुको उपचार भइरहेको छ ।

दिल्ली एयरपोर्टमा गरिएको चेकजाँचमा म्यानमारबाट आएका ४ जनामा कोभिड संक्रमण भेटिएको सञ्चार माध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोभिडबाट सतर्क रहन देशबासीमा आग्रह गरेका छन् । भारत सरकार त्यसविरुद्ध लड्न आफ्नो तयारी गरेको उनले बताएका छन् ।

दिल्लीमा पछिल्लो संक्रमित संख्यासहित अहिलेसम्म २० लाख ७ हजार १७५ संक्रमित संख्या पुगिसकेको छ । त्यहाँ अहिलेसम्म २६ हजार ५२१ जनाले ज्यान गुमाइसकेका छन् ।

कोभिडको नयाँ भेरियन्ट बीएफ ७ संक्रामक भाइरस भएकाले छिटो एकबाट अर्कोमा सर्ने चिकित्सकहरुको भनाइ छ । भारत सरकारले सबै नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्न भनेको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : २५ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच